जानकी गाउँपालिकाको विद्यार्थीका शैक्षिक प्रदर्शनीमा कलाकृति

कैलाली : कैलालीको जानकी गाउँपालिकाका ३४ वटा विद्यालयले विज्ञान, कला, शैक्षिक सामग्री तयार गरी प्रदर्शन गरेका छन् ।

विद्यार्थीलाई प्रयोगात्मक कार्यमा सक्रिय बनाउन शिक्षा शाखाले सबै विद्यालयलाई विज्ञान सामग्री, कलाका सामग्री, साहित्यलेखन र शैक्षिक सामग्री उत्पादन गर्न समय दिएको थियो। एक महिनाको अवधिमा विद्यार्थीले स्थानीय सामग्रीको प्रयोग गरी बनाएका कलाकृति जनकल्याण आधारभूत विद्यालय सुवर्णपुरमा प्रदर्शन गरिएका छन्।

बिज्ञापन

दुई दिनसम्म चलेको प्रदर्शनी हजारौँ शिक्षक तथा विद्यार्थीले अवलोकन गरेका छन्। शिक्षक दुर्गा रावलले पालिकाले शैक्षिक क्षेत्र सुधारका लागि नौला नौला कार्यक्रम गरिरहेकोमा शैक्षिक मेलाले विद्यार्थीका प्रतिभा प्रस्फुटन भएको, शिक्षकलाई उत्प्रेरणा मिलेको र शैक्षिक गुणस्तर बढाउन सहयोग पुग्ने बताए।

अर्का शिक्षक टेकबहादुर धामीले विज्ञान तथा शैक्षिक सामग्री निर्माणमा विद्यार्थी स्वस्फूर्त सहभागी भएको र सूचना प्रविधिको ज्ञान शिक्षकलाई भन्दा विद्यार्थीलाई बढी भएकाले प्रदर्शनीबाट विज्ञानका शिक्षकले पनि ज्ञान प्राप्त गरेको बताए। प्रदर्शनीमा राखिएका सामग्रीको विज्ञबाट मूल्याङ्कन पनि गरिएको छ। विज्ञान तथा प्रविधि प्रदर्शनी र शैक्षिक सामग्री निर्माणतर्फ भृकुटी मावि पहिलो भएको छ।

यस्तै भाषा साहित्यमा जनता मावि मुनुवा पहिलो भएको छ। सुदूरपश्चिम विश्वविद्यालयको पाठ्यक्रम विषयका सहप्राध्यापक नाथुराम चौधरीले सामग्री उत्कृष्ट बनेका र यिनलाई शिक्षकले कक्षाकोठामा पनि प्रयोग गर्न सुझाव दिए। हजारौँको सङ्ख्यामा शैक्षिक मेला अवलोकन गर्न आएका विद्यार्थी र अभिभावकले कलाकृति, विज्ञान सामग्री हेरेर ज्ञान र मनोरञ्जन लिएका छन्। गाउँपालिका अध्यक्ष गणेश चौधरीले पालिकाको शैक्षिक सुधारका लागि विद्यार्थीका प्रतिभा प्रस्फुटन गर्ने प्रयासस्वरूप प्रदर्शनी मेला राखिएको बताए।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

यातायात कार्यालय धनगढीबाट लाइसेन्स वितरण सुरु

विगतजस्तो सङ्गठित आपराधिक समूह सक्रिय नरहेको सुदूरपश्चिम प्रहरीकाे दाबी

कञ्चनपुरमा प्रहरीको ‘स्विप अपरेशन’ : एक सातामा ७९ जना नियन्त्रणमा

धनगढी उपमहानगरको टोलीलाई अपिहिमाल गाउँपालिकामा स्वागत

कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ९ जना पक्राउ 

कैलालीको चुरेमा भएको वन अतिक्रमण हटाइयो

लम्कीचुहा अस्पतालमा प्रदेश सरकारले खटायाे  कर्मचारी

शुक्लाफाँटामा वन्यजन्तु प्रभावित क्षेत्रमा स्वचालित सौर्यबत्ती जडान

शुक्लाफाँटामा ६ महिनामै दुई हजारभन्दा बढी पर्यटक