लम्कीचुहा अस्पतालमा प्रदेश सरकारले खटायाे  कर्मचारी

कैलाली :  सुदूरपश्चिम प्रदेश सरकारले लम्कीचुहा प्रादेशिक अस्पतालमा दुईजना कर्मचारी खटाएको छ। प्रदेश सरकारले निमित्त मेडिकल सुपरिटेन्डेन्टका रूपमा आठौँ तहका मेडिकल अफिसर डा. कमलेश प्रसाद यादव र छैटौँ तहका लेखा अधिकृत गणेश विष्टलाई जिम्मेवारीसहित खटाएको हो।

बैशाख १५ गतेको सामाजिक विकास मन्त्रालय (प्रदेश सचिवस्तर) को निर्णयअनुसार डा. यादवलाई तथा सोही मितिको आर्थिक मामिला मन्त्रालयको निर्णयअनुसार लेखा अधिकृत विष्टलाई कामकाजका लागि खटाइएको जनाइएको छ।

बिज्ञापन

यसअघि वैशाख १४ गते लम्कीचुहा अस्पतालको विवादसम्बन्धी रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रदेश सरकारका नाममा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। चैत्र २४ गते लम्कीचुहा नगरपालिकाले अस्पतालको विवादबारे अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।

सर्वोच्च अदालतको उक्त निर्णयसँगै प्रादेशिक अस्पताल सञ्चालनको बाटो खुलेको छ। सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनका लागि साढे चार करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। साथै अस्पतालका लागि १४६ जनाको दरबन्दीसमेत स्वीकृत गरिएको छ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

यातायात कार्यालय धनगढीबाट लाइसेन्स वितरण सुरु

विगतजस्तो सङ्गठित आपराधिक समूह सक्रिय नरहेको सुदूरपश्चिम प्रहरीकाे दाबी

कञ्चनपुरमा प्रहरीको ‘स्विप अपरेशन’ : एक सातामा ७९ जना नियन्त्रणमा

धनगढी उपमहानगरको टोलीलाई अपिहिमाल गाउँपालिकामा स्वागत

कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ९ जना पक्राउ 

कैलालीको चुरेमा भएको वन अतिक्रमण हटाइयो

शुक्लाफाँटामा वन्यजन्तु प्रभावित क्षेत्रमा स्वचालित सौर्यबत्ती जडान

शुक्लाफाँटामा ६ महिनामै दुई हजारभन्दा बढी पर्यटक

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा साउदकाे उम्मेदवारी घाेषणा