धनगढी उपमहानगरको टोलीलाई अपिहिमाल गाउँपालिकामा स्वागत

कैलाली : धनगढी उपमहानगरपालिकाको अपि हिमाल बेस क्याम्प पदयात्रा टोलीलाई दार्चुलाकाे अपि हिमाल गाउँपालिकामा भव्य स्वागत गरिएको छ।

सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित निस्किएको टोली हाल दार्चुलामा प्रवेश गरी यात्रालाई अगाडि बढाइरहेको छ। अपि हिामल गउँपालिकाका स्थानीय, जनप्रतिनिधि तथा कर्मचारीहरूले बाजागाजा सहित उक्त टोलीलाई  स्वागत गरेका हुन्।

बिज्ञापन

‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ भन्ने नारासहित उपमहानगरपालिकाका मेयर गोपाल हमालको नेतृत्वमा ३० सदस्यीय टोली सोमबार धनगढीबाट प्रस्थान गरेको थियो। टोलीले अपि हिमाल क्षेत्रका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिएको छ।

यसअघि उद्योग वाणिज्य संघको नेतृत्वमा रहँदा सुरु गरिएको ‘सुन्दर सुदूरपश्चिम’ अभियानको निरन्तरताका रूपमा स्थानीय सरकारकै पहलमा यो यात्रा आयोजना गरिएको मेयर हमालले बताएका छन्।

१० दिनको कार्यतालिकासहित निस्किएको टोलीले निर्धारित स्थानसम्म सवारी साधनमार्फत र त्यसपछि पैदल यात्रा गर्दै अपि हिमाल बेस क्याम्पसम्म पुग्ने योजना बनाएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

यातायात कार्यालय धनगढीबाट लाइसेन्स वितरण सुरु

विगतजस्तो सङ्गठित आपराधिक समूह सक्रिय नरहेको सुदूरपश्चिम प्रहरीकाे दाबी

कञ्चनपुरमा प्रहरीको ‘स्विप अपरेशन’ : एक सातामा ७९ जना नियन्त्रणमा

कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ९ जना पक्राउ 

कैलालीको चुरेमा भएको वन अतिक्रमण हटाइयो

लम्कीचुहा अस्पतालमा प्रदेश सरकारले खटायाे  कर्मचारी

शुक्लाफाँटामा वन्यजन्तु प्रभावित क्षेत्रमा स्वचालित सौर्यबत्ती जडान

शुक्लाफाँटामा ६ महिनामै दुई हजारभन्दा बढी पर्यटक

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा साउदकाे उम्मेदवारी घाेषणा