यातायात कार्यालय धनगढीबाट लाइसेन्स वितरण सुरु

कैलाली : यातायात व्यवस्था कार्यालय धनगढी ले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण कार्य सुरु गरेको छ।

कार्यालयका सूचना अधिकारी सुरेश ओखेडाका अनुसार आजबाट उक्त सेवा पुनः सञ्चालनमा आएको हो। यातायात व्यवस्था विभागले धनगढी कार्यालयलाई प्रिन्ट गरिएको ३१ हजार ७८० जनाको लाइसेन्स पठाएको उनले जानकारी दिए।

बिज्ञापन

उनका अनुसार २०७८ साल पुसदेखि २०८१ साल चैतसम्मका ३१ हजार ५८५ जना तथा २०८३ साल वैशाख ४ गतेदेखि वैशाख ७ गतेसम्म ट्रायल पास गरेका १९५ जनाको लाइसेन्स कार्यालयमा प्राप्त भएको छ।

कार्यालयले सेवाग्राहीलाई राजश्व बुझाएको भौचर वा निस्सासहित कार्यालयमा उपस्थित भई लाइसेन्स बुझ्न आग्रह गरेको छ। साथै, लाइसेन्स कार्यालयमा पुगे/नपुगेको जानकारी लिन कार्यालयको फेसबुक पेज जाँच गरेर मात्रै आउन अनुरोध गरिएको छ।

सरकारले गत चैत महिनामा ट्रायल पास गरेको २४ घण्टाभित्रै सवारी चालक अनुमति पत्र प्रिन्ट गरी वितरण गर्ने घोषणा गरेको थियो। सोही निर्णयअनुसार अहिले विभिन्न कार्यालयमार्फत धमाधम लाइसेन्स वितरण भइरहेको छ। लामो समयपछि लाइसेन्स पाउँदा सेवाग्राहीहरू पनि उत्साहित भएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

विगतजस्तो सङ्गठित आपराधिक समूह सक्रिय नरहेको सुदूरपश्चिम प्रहरीकाे दाबी

कञ्चनपुरमा प्रहरीको ‘स्विप अपरेशन’ : एक सातामा ७९ जना नियन्त्रणमा

धनगढी उपमहानगरको टोलीलाई अपिहिमाल गाउँपालिकामा स्वागत

कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ९ जना पक्राउ 

कैलालीको चुरेमा भएको वन अतिक्रमण हटाइयो

लम्कीचुहा अस्पतालमा प्रदेश सरकारले खटायाे  कर्मचारी

शुक्लाफाँटामा वन्यजन्तु प्रभावित क्षेत्रमा स्वचालित सौर्यबत्ती जडान

शुक्लाफाँटामा ६ महिनामै दुई हजारभन्दा बढी पर्यटक

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा साउदकाे उम्मेदवारी घाेषणा