कैलाली : करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ राजिपुरका ५२ वर्षीय पटिङ्गो धामीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको हो ।
चापाकलको मोटरमा जडान गरेको बिजुलीको तार मर्मत गर्ने क्रममा करेन्ट लागेर धामी गम्भीर घाइते भएका थिए । धामीको उपचारका लागि धनगढी ल्याउने क्रममा बाटोमै मुत्यु भएको प्रहरीले जानकारी दिएको छ।
बिज्ञापन
52