सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आव्हान गर्न सिफारिस

कैलाली : सुदूरपश्चिम प्रदेशको प्रदेशसभाको बजेट अधिवेशन आव्हान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको छ।

प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख नजिर मियाँलाई शनिबार भेट गरी बजेट अधिवेशनका लागि सिफारिस पत्र बुझाएका छन्।

बिज्ञापन

मुख्यमन्त्री शाहको सचिवालयका अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैशाख १७ गते बिहिबार अपराह्न ४ बजे प्रदेशसभाको आठौं अधिवेशन आव्हान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ।

सिफारिस पत्र बुझाउन मुख्यमन्त्री शाह प्रदेश प्रमुख निवासमा पुगेका थिए। सो क्रममा समसमायिक राजनीति विषयमा पनि कुरा भएको सचिवालयले जनाएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

महेन्द्रनगर नगरविकास समितिको अतिक्रमित जमिन हटाउन माग

धनगढीको विकास देखेर छक्क परेँ, हामीले धेरै सिक्नु छ : मेयर महर्जन

छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका

कैलालीमा एकै दिन २५३ पिन्ट रगत सङ्कलन

सेतीको पानी उकालो चढ्दै : तिर्खाएका दिपायलका बस्तीमा राहत पुग्ने

कैलालीमा भूमिगत पानीको स्रोत सुक्न थालेपछि खानेपानीको अभाव

दानसाँगु खोलामा पुल निर्माणपछि कुण्डाबासीलाई सहज हुने

गोदावरी आर्यघाटमा एकैपटक ७ वटा शवहरु जलाउन मिल्ने

यूएईविरुद्ध नेपाल ३७ रनले विजयी