अध्यक्ष ओलीको पक्राउविरुद्ध एमालेका चार निर्णय, देशभर प्रदर्शन गर्ने

काठमाडौँ : नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ विरुद्ध देशव्यापी विरोधका कार्यक्रम घोषणा गरेको छ ।

शनिबार बिहान ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालयको आकस्मिक बैठकले चार बुँदे निर्णय गर्दै कानुनी र राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

बैठकपछि सार्वजनिक गरिएको निर्णय अनुसार एमालेले आमजनसमुदाय, नागरिक समाज र लोकतन्त्र पक्षधर शक्तिहरूसँग सहकार्य गर्दै विरोधका कार्यक्रम अघि बढाउने बताएको छ।

यस्ता छन् एमालेका चार निर्णय

१.आम जनसमुदाय र नागरिक समाजको साथमा कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने।

२. प्रत्येक जिल्लाको सदरमुकाममा शनिबार अपराह्न ३ बजे जनसंगठनको तर्फबाट विरोध प्रदर्शन गर्ने।

३. भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० कार्यालयमा विरोधपत्र बुझाउने।

४. लोकतन्त्र र कानुनी राज्यका पक्षधर दलहरू, नागरिक समाज तथा आमजनसमुदायसँग संवाद र सहकार्य गर्ने।

एमालेले आफ्ना शीर्ष नेताको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै आन्दोलनलाई देशव्यापी बनाउने घोषणा गरेको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

दार्चुलामा जिप दुर्घटना

नेपाल पत्रकार महासंघ कैलालीद्वारा ‘धनगढी घोषणापत्र २०८२’ जारी

सुदूरपश्चिमबाट ५४ हजार परीक्षार्थीले एसईई दिने

कैदी भागी भगाउ मुद्दामा फरार डडेल्धुराका २ जना पक्राउ

चोरी र आत्महत्या दुरुत्साहन मुद्दामा फरार ३ जना पक्राउ

कञ्चनपुरमा लापसे गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ

प्रहरीलाई व्यवहार सुधार्न गृहमन्त्री गुरुङको निर्देशन

यस्तो रहनेछ आज देशभरको मौसम !

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर