नेपाल पत्रकार महासंघ कैलालीद्वारा ‘धनगढी घोषणापत्र २०८२’ जारी

कैलाली : नेपाल पत्रकार महासंघ कैलाली शाखाले आफ्नो ७१औँ स्थापना दिवसको अवसरमा ‘धनगढी घोषणापत्र २०८२’ सार्वजनिक गरेको छ। पत्रकारहरूको पेशागत हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सुरक्षालाई सुदृढ बनाउने उद्देश्यसहित पाँच बुँदे घोषणापत्र जारी गरिएको हो।

स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा महासंघले पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएका दिवंगत पत्रकारहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको थियो। संस्थापक सभापति अम्बिका प्रसाद उपाध्याय, लीलानाथ ओझालगायतका स्वर्गीय पत्रकारहरूको योगदानको सम्मानपूर्वक स्मरण गरिएको थियो।

बिज्ञापन

जारी घोषणापत्रमा नागरिकको सूचनाको हक, प्रेस स्वतन्त्रता तथा पत्रकारहरूको अधिकार र सुरक्षाप्रति महासंघ पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख छ। साथै, सम्पूर्ण पत्रकारलाई आचारसंहिता, नैतिकता र पेशागत मापदण्ड पालना गर्दै जिम्मेवार पत्रकारिता गर्न आग्रह गरिएको छ।

महासंघले बदलिँदो राजनीतिक परिवेशमा सुशासन, पारदर्शिता र जवाफदेहिता सुदृढ बनाउन सरकारका सकारात्मक कदमहरूको समर्थन गरेको छ। स्वतन्त्र प्रेस, नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहने विश्वास पनि व्यक्त गरिएको छ।
कार्यक्रममा सहभागी पत्रकारहरूलाई धन्यवाद दिँदै महासंघले आगामी दिनमा पनि पत्रकारहरूको हकहित, सुरक्षा र पेशागत उन्नयनका लागि सक्रिय रहने प्रतिबद्धता जनाएको छ। स्थापना दिवसकै अवसरमा महासंघको कार्यालय अगाडि साँझ दीप प्रज्वलन कार्यक्रम पनि आयोजना गरिएको थियो।

यसैबीच, महासंघ कैलाली शाखाले स्थापना दिवस विविध कार्यक्रमसहित हर्षोल्लासका साथ मनाएको छ। पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्नुका साथै शुभकामना आदानप्रदान गरिएको थियो। कार्यक्रम शाखा अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा सम्पन्न भएको हो। शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष देउवाले पत्रकारहरूको हकहित संरक्षणमा महासंघ सधैँ प्रतिबद्ध रहेको बताए। उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा महासंघ विगतदेखि अग्रपंक्तिमा रहेको उल्लेख गर्दै आगामी दिनमा पनि त्यही भूमिका कायम रहने स्पष्ट पारे।
उनले पछिल्लो समय केही सञ्चारकर्मीहरू पत्रकारिताको मर्मविपरीत गतिविधिमा संलग्न भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै आचारसंहिता पालनामा विशेष जोड दिए।

दीप प्रज्वलन कार्यक्रममा समेत उनले आचारसंहिताविपरीत समाचार प्रकाशन नगर्न आग्रह गर्दै मर्यादित र जिम्मेवार पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई अपिल गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

दार्चुलामा जिप दुर्घटना

सुदूरपश्चिमबाट ५४ हजार परीक्षार्थीले एसईई दिने

कैदी भागी भगाउ मुद्दामा फरार डडेल्धुराका २ जना पक्राउ

चोरी र आत्महत्या दुरुत्साहन मुद्दामा फरार ३ जना पक्राउ

कञ्चनपुरमा लापसे गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ

प्रहरीलाई व्यवहार सुधार्न गृहमन्त्री गुरुङको निर्देशन

यस्तो रहनेछ आज देशभरको मौसम !

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ २०८२ चैत १७ गते मंगलबारको राशिफल