सुदूरपश्चिमबाट ५४ हजार परीक्षार्थीले एसईई दिने

कैलाली :  माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यसवर्ष सुदूरपश्चिम प्रदेशबाट करिब ४५ हजार परीक्षार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास निर्देशना–लयका अनुसार प्रदेशको नौ वटै जिल्लाबाट ५३ हजार ९७३ परीक्षार्थी एसईईमा सहभागी हुने भएका हुन । चैत १९ गतेबाट एसईई परीक्षा हुँदैछ ।

नियमिततर्फका ४० हजार ९७३, प्राविधिक धारका एक हजार ७७८ र ग्रेड वृद्धितर्फका ११ हजार ४८५ परीक्षार्थी परीक्षामा सहभागी हुने निर्देशनालयका सूचना अधिकारी प्रेमलाल हरिजनले जानकारी दिए । सबैभन्दा बढी कैलालीबाट १८ हजार २७८ परीक्षार्थी परीक्षामा सहभागी भइरहेका छन् ।

बिज्ञापन

यसैगरी, कञ्चनपुरका १० हजार ८९७, बैतडीका चार हजार ५२९, अछामका चार हजार ४५१ विद्यार्थी एसईई परीक्षामा सहभागी हुने जनाइएको छ ।

त्यस्तै, डोटीका तीन हजार ३१४, दार्चुलाका तीन हजार ५६८, बझाङका तीन हजार ४२१ परीक्षार्थीले एसईई दिने निर्देशनालयले जानकारी दिएको छ । सबैभन्दा कम बाजुराबाट दुई हजार ४२६ जना परीक्षार्थी एसईईमा सहभागी भइरहेका जनाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

दार्चुलामा जिप दुर्घटना

नेपाल पत्रकार महासंघ कैलालीद्वारा ‘धनगढी घोषणापत्र २०८२’ जारी

कैदी भागी भगाउ मुद्दामा फरार डडेल्धुराका २ जना पक्राउ

चोरी र आत्महत्या दुरुत्साहन मुद्दामा फरार ३ जना पक्राउ

कञ्चनपुरमा लापसे गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ

प्रहरीलाई व्यवहार सुधार्न गृहमन्त्री गुरुङको निर्देशन

यस्तो रहनेछ आज देशभरको मौसम !

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ २०८२ चैत १७ गते मंगलबारको राशिफल