चोरी र आत्महत्या दुरुत्साहन मुद्दामा फरार ३ जना पक्राउ

कैलाली :  चोरी र आत्महत्या दुरुत्साहन मुद्दामा फरार कैलालीका ३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा आत्महत्या दुरुत्साहन मुद्दामा २ वर्ष ११ महिना ७ दिन कैद सजाय र ३० हजार जरिवाना तोकिएको टीकापुर नगरपालिका–१ भगरैया बस्ने २४ वर्षीय भुपेन्द्र चौधरी र चोरी मुद्दामा १ महिना १५ दिन कैद सजाय र १० हजार जरिवाना तोकिएको गोदावरी नगरपालिका–१ बस्ने ३२ वर्षीय शेर महरा र घोडाघोडी नगरपालिका–२ बस्ने २२ वर्षीय तपेन्द्र भण्डारी रहेका छन्।

बिज्ञापन

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका तिनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

दार्चुलामा जिप दुर्घटना

नेपाल पत्रकार महासंघ कैलालीद्वारा ‘धनगढी घोषणापत्र २०८२’ जारी

सुदूरपश्चिमबाट ५४ हजार परीक्षार्थीले एसईई दिने

कैदी भागी भगाउ मुद्दामा फरार डडेल्धुराका २ जना पक्राउ

कञ्चनपुरमा लापसे गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ

प्रहरीलाई व्यवहार सुधार्न गृहमन्त्री गुरुङको निर्देशन

यस्तो रहनेछ आज देशभरको मौसम !

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ २०८२ चैत १७ गते मंगलबारको राशिफल