प्रहरीलाई व्यवहार सुधार्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ :  गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सर्वसाधारणसँगको बोलीचाली र व्यवहार सुधार्न निर्देशन दिएका छन्। प्रहरीलाई जनमैत्री र उत्कृष्ट संस्थाका रूपमा विकास गर्ने लक्ष्य रहेको उनले बताएका छन्।

प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षणका क्रममा उनले डिजिटल फरेन्सिक ल्याब र अपराध अनुसन्धान विभागलगायतका निकायको अवलोकन गरेका थिए। त्यसपछि उच्च प्रहरी अधिकृतहरूलाई निर्देशन दिँदै उनले कामको स्पष्ट परिणाम देखिनुपर्नेमा जोड दिए।

बिज्ञापन

“रासन सुधारदेखि अनुसन्धानका लागि अत्याधुनिक प्रविधि ल्याउने काम हाम्रो हो। पहिलो कुरा तपाईंहरूले काम गरेर देखाउनुस्,” गृहमन्त्री गुरुङले भने।

उनले प्रहरी संगठनको आधुनिकीकरणका लागि प्रविधिको प्रयोग विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, आवश्यक स्रोत–साधनलाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिँदै प्रहरीका लागि कपडा उत्पादन गर्न आफ्नै उद्योग स्थापना गर्न सकिने सुझाव पनि दिए।

गृहमन्त्री गुरुङका अनुसार जनविश्वास कायम राख्न प्रहरीको व्यवहार, सेवा प्रवाह र अनुसन्धान प्रणालीमा सुधार अपरिहार्य रहेको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

दार्चुलामा जिप दुर्घटना

नेपाल पत्रकार महासंघ कैलालीद्वारा ‘धनगढी घोषणापत्र २०८२’ जारी

सुदूरपश्चिमबाट ५४ हजार परीक्षार्थीले एसईई दिने

कैदी भागी भगाउ मुद्दामा फरार डडेल्धुराका २ जना पक्राउ

चोरी र आत्महत्या दुरुत्साहन मुद्दामा फरार ३ जना पक्राउ

कञ्चनपुरमा लापसे गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ

यस्तो रहनेछ आज देशभरको मौसम !

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ २०८२ चैत १७ गते मंगलबारको राशिफल