रमेश लेखक पक्राउ, केपी ओलीको पनि घर घेर्यो प्रहरीले

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न प्रहरी टोली भक्तपुर पुगेको छ।

प्रहरीले पक्राउका लागि आवश्यक सबै कानुनी प्रक्रिया पूरा भएको जनाएको छ। पूर्वगृहमन्त्री रमेष लेखक भक्तपुरको कटुन्जेबाट पक्राउ परिसकेका छन्।

बिज्ञापन

अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सयौँ सुरक्षाकर्मी भक्तपुरको गुन्डुमा तैनाथ गरिएको छ। जरुरी पक्राउ पूर्जी जारी गरेर ओलीको निवासमा पुगेको प्रहरीले जनाएको छ।

गृहमन्त्री सुधन गुरुङले एमाले अध्यक्ष ओलीलाई पक्राउ गर्ने विषयमा मध्यरातसम्म छलफल गरेका थिए। प्रहरी प्रधान कार्यालयमा भएको बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र कानुन मन्त्रालयका सचिव पाराश्वर ढुंगाना सहभागी भएको थिए।

बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार जेन-जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेपछि गृहमन्त्रीले छलफल गरेर निर्देशन दिएका थिए ।

आयोगको सिफारिसअनुसार तत्कालीन प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री लेखक, पूर्व गृहसचिव गोकर्णमणि दुवाडी र काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पक्राउ गर्ने तयारी सरकारले गरेको छ।

मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ अनुसार कारबाही सिफारिस गरिएको छ। सोही आधारमा उनीहरू समातिन लागेका हुन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

दार्चुलामा जिप दुर्घटना

नेपाल पत्रकार महासंघ कैलालीद्वारा ‘धनगढी घोषणापत्र २०८२’ जारी

सुदूरपश्चिमबाट ५४ हजार परीक्षार्थीले एसईई दिने

कैदी भागी भगाउ मुद्दामा फरार डडेल्धुराका २ जना पक्राउ

चोरी र आत्महत्या दुरुत्साहन मुद्दामा फरार ३ जना पक्राउ

कञ्चनपुरमा लापसे गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ

प्रहरीलाई व्यवहार सुधार्न गृहमन्त्री गुरुङको निर्देशन

यस्तो रहनेछ आज देशभरको मौसम !

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर