बुढीगंगाका तत्कालीन मेयर शाहसहित १४ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश

बाजुरा : विशेष अदालतले बुढीगंगा नगरपालिकाका तत्कालीन मेयर दीपक विक्रम शाहसहित १४ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश दिएको छ।

न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार उक्त आदेश दिएको हो।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले प्रशासनिक भवन निर्माणको ठेक्कामा मिलेमतो गरी भ्रष्टाचार गरेको ठहर गर्दै तत्कालीन मेयर शाहसहित १४ जना तथा जाग्रिति/एमके/नेपाल जेभीविरुद्ध मुद्दा दायर गरेको थियो। आयोगले प्रतिवादीहरूसँग तीन करोड २७ लाख ७८ हजार १७७ रुपैयाँ बिगो तथा कैद सजाय माग दाबी गरेको छ।

मुद्दामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन, अधिकृत छैटौँ नरेन्द्र नाथ, इन्जिनियर पारस खाती, सब–इन्जिनियर गणेशराज रेग्मी, निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पना कुमारी ठकुल्ला, लेखापाल नवराज जोशी, खरिदार श्यामबहादुर खत्री, शिक्षा अधिकृत जयराज न्यौपाने, असिस्टेन्ट सब–इन्जिनियर भीमराज गिरी, नायब प्राविधिक सहायक सिद्धराज जैसी, प्रशासन सहायक बसन्तबहादुर थापा लगायतलाई प्रतिवादी बनाइएको छ।

यस्तै, ठेक्का पाएको धनगढीस्थित जाग्रिति/एमके/नेपाल जेभी, जाग्रिति निर्माण सेवाका प्रबन्ध सञ्चालक पुष्कर रोकाया तथा कम्पनीका आधिकारिक प्रतिनिधि सुरतबहादुर शाह पनि मुद्दामा तानिएका छन्।

अख्तियारका अनुसार प्रचलित कानुनविपरीत लक्षित बोलपत्रदातालाई ठेक्का दिलाउने उद्देश्यले योग्यता र मापदण्ड परिवर्तन गरी बढी कबोल गर्ने बोलपत्रदातालाई स्वीकृत गरिएको थियो। आयोगले यसलाई बदनियतपूर्ण निर्णय भन्दै भ्रष्टाचारको ठहर गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

आजको मौसम : देशभर वर्षाको सम्भावना

यस्तो छ आजकका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल वैशाख २८ गते सोमबारको राशिफल

बजेट सुझाव संकलनका लागि सरकारले ल्यायो डिजिटल पोर्टल

आजको माैसम : यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

सीमामा भन्सार कडाइपछि महेन्द्रनगर बजारमा चहलपहल

अपाङ्गता भएकै कारण अपमान गरेको आरोप लगाउँदै पत्रकारविरुद्ध उजुरी दिने तयारी

कञ्चनपुरमा २ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पोसिलो खाना नहुँदा बैतडीका वडैपिच्छे कडा कुपोषण