कञ्चनपुरमा २ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा २ वटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन्।

जिल्लाकाे शुक्लाफाँटा नगरपालिका–८ स्थित भित्रि सडक खण्डमा म २ प ५०५५ नम्बरको मोटरसाइकल र से ६ प ५९१३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा से ६ प ५९१३ नम्बरको मोटरसाइकल चालक शुक्लाफाँटा नगरपालिका–८ पारीफाटा बस्ने ४५ वर्षीय मिनबहादुर जागरीको मृत्यु भएको हो।

बिज्ञापन

दुर्घटनामा जागरी गम्भिर घाईते भएपछि उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा वुधबार बेलुकी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सोही मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने ५५ वर्षीय मंगल महरा र म २ प ५०५५ नम्बरको मोटरसाइकल चालक शुक्लाफाँटा नगरपालिका–८ पारीफाटा बस्ने ४२ वर्षीय कम्मान सिह ठगुन्ना घाइते भएका छन्। घाइतेको मायामेट्रो अस्पताल धनगढीमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

आजको मौसम : देशभर वर्षाको सम्भावना

यस्तो छ आजकका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल वैशाख २८ गते सोमबारको राशिफल

बजेट सुझाव संकलनका लागि सरकारले ल्यायो डिजिटल पोर्टल

आजको माैसम : यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

बुढीगंगाका तत्कालीन मेयर शाहसहित १४ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश

सीमामा भन्सार कडाइपछि महेन्द्रनगर बजारमा चहलपहल

अपाङ्गता भएकै कारण अपमान गरेको आरोप लगाउँदै पत्रकारविरुद्ध उजुरी दिने तयारी

पोसिलो खाना नहुँदा बैतडीका वडैपिच्छे कडा कुपोषण