कैलालीबाट लागू औषध सहित १३ जना पक्राउ 

कैलाली : कैलालीबाट लागू औषध सहित १३ जना पक्राउ परेका छन । जिल्लाको धनगढी, कैलारी, लम्कीचुहाबाट ३ किशोर सहित १३ जना पक्राउ परेका हुन ।

जिल्लाकाे धनगढी उपमहानगरपालिका – २ एलायन्स स्कुल नजिकबाट लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ ४ ग्राम १० मिलिग्राम सहित सोही धनगढी उपमहानगरपालिका – ३ का ३५ वर्षीय किसन बुडाल समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले निजहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बिज्ञापन

यसैगरी  कैलारी गाउँपालिका – ५ मनिकापुरबाट ३ ग्राम ७५० मिलिग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित सोही वडाको गोबरैला बस्ने २५ वर्षीय धिरज चौधरी र सोही ठाउँ १६ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले टोलीले सुपप्र ०१०१० प ४६३८ नम्बरको मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको हो ।

यस्तै लम्कीचुहा नगरपालिका – १ बसपार्कबाट २६० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित १८ वर्षीय दुई जना किशोरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा दुवै जना पक्राउ परेका हुन ।

यस्तै धनगढी उपमहानगरपालिका – २ त्रिनगर ब्यारेल नजिकबाट भारतको बिजनोरका ३० वर्षीय जमसेद आलमलाई नियन्त्रित लागूऔषध स्पास्मो ४९ ट्याब्लेट सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेला  पारी पक्राउ गरेको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

मुक्तकमैया पुनःस्थापनामा अन्योल, सरकारसँग तत्काल पहलको माग

कैलाली निर्माण व्यवसायी संघमा जोशी प्यानल घाेषणा

नेपाल मोबाइल व्यवसायी संघ सुदूरपश्चिम प्रदेश समिति गठन

आज २०८३ साल वैशाख २० गते आइतबारको राशिफल

आजको माैसम : यी स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

अत्तरिया खानेपानी अध्यक्षमा नन्दराज भट्टको उम्मेदवारी फिर्ता

अनमी कुट्ने बैतडीका स्वास्थ्य चौकी इन्चार्ज लुहार कारागार चलान

बैतडीमा १ सय १० हेक्टर वन क्षेत्र अतिक्रमीत

धनगढीका विभिन्न होटलबाट ३० जना पक्राउ