कैलाली निर्माण व्यवसायी संघमा जोशी प्यानल घाेषणा

कैलाली : निर्माण व्यवसायी संघ कैलालीको आगामी अधिवेशनलाई लक्षित गर्दै दिर्घराज जोशी नेतृत्वको प्यानल औपचारिक रूपमा घाेषणा गरिएको छ। अध्यक्षका प्रत्याशी दिर्घराज जोशीले आफ्नो टिम घोषणा गर्दै सशक्त र अनुभवी नेतृत्व प्रस्तुत गरेका हुन्।

घोषित प्यानल अनुसार अध्यक्षमा दिर्घराज जोशी रहेका छन् भने बरिष्ठ उपाध्यक्षमा धिरेन्द्र साउद, प्रथम उपाध्यक्षमा बिक्रम बिष्ट र द्वितीय उपाध्यक्षमा डम्बर चन्द उम्मेदवार रहेका छन्। त्यसैगरी महासचिवमा अमर बहादुर खड्का, नीतिगत उपमहासचिवमा योगेन्द्र बहादुर चन्द र आन्तरिक उपमहासचिवमा सिद्धराज भट्ट रहेका छन्।

बिज्ञापन

कोषाध्यक्षमा सुरेन्द्र राज भट्ट तथा सह-कोषाध्यक्षमा मणिराज भट्ट उम्मेदवार बनेका छन्। सदस्यहरूमा चक्र बहादुर मल्ल, बिनोद बिष्ट, टेक बहादुर खड्का, टेकराज जोशी, शिवराज सापकोटा र रुद्रप्रसाद पन्त रहेका छन्। महिला सदस्यतर्फ शुभलक्ष्मी हमाल र आदिवासी/दलित सदस्यतर्फ मदन बिसी उम्मेदवार रहेका छन्।

यसैगरि भुगोल तर्फबाट धनगढी उपमहानगपालिकाबाट दिपेन्द्र साउद, गोदावरी नगरपालिकाबाट गोकर्ण बिष्ट, टिकापुर नपाबाट दिपेन्द्र साउद, गौरिगंगा नपाबाट गणेश कलेल, घोडाघोडी नपाबाट सुरेश बोगटी, लम्किचुहा नपाबाट विष्णु शाही, भजनी नपाबाट युवराज चौधरी, कैलारी गाउपालिकाबाट दिलिप रोकाया, जानकी गापाबाट प्रबिण राना, जोशीपुरबाट खगेन्द्र मौनी, बर्दगोरियाबाट नविन कुंवर, मोहन्यालबाट कमल बयाला र चुरेबाट दिलबहादुर भाट उम्मेदवार रहेका छन ।

यसअघि अध्यक्षका दाबेदार मानिएका धिरेन्द्र साउदले जोशी प्यानलबाट बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन्, जसले चुनावी समीकरणलाई थप रोचक बनाएको छ। उम्मेदवार घोषणा कार्यक्रममा नेपाल निर्माण ब्यबसायी महासंघका उपाध्यक्ष प्रकाश बहादुर सेठी, प्रदेश अध्यक्ष लक्ष्मण स्वार, जिल्ला अध्यक्ष टेक बहादुर मल्ल, केन्द्रीय सदस्यद्वय लक्ष्मण साउद र मदन सिंह धामी लगायत निर्माण ब्यबसायीहरुको उपस्थिति रहेको थियो ।

संघको २९ औं साधारणसभा तथा १२ औं अधिवेशन यही बैशाख २४ र २५ गते संघकै कार्यालयमा हुने तय भएको छ। अधिवेशन नजिकिँदै जाँदा नेतृत्वका लागि प्रतिस्पर्धा झन् चर्किँदै गएको देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

कैलालीबाट लागू औषध सहित १३ जना पक्राउ 

मुक्तकमैया पुनःस्थापनामा अन्योल, सरकारसँग तत्काल पहलको माग

नेपाल मोबाइल व्यवसायी संघ सुदूरपश्चिम प्रदेश समिति गठन

आज २०८३ साल वैशाख २० गते आइतबारको राशिफल

आजको माैसम : यी स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

अत्तरिया खानेपानी अध्यक्षमा नन्दराज भट्टको उम्मेदवारी फिर्ता

अनमी कुट्ने बैतडीका स्वास्थ्य चौकी इन्चार्ज लुहार कारागार चलान

बैतडीमा १ सय १० हेक्टर वन क्षेत्र अतिक्रमीत

धनगढीका विभिन्न होटलबाट ३० जना पक्राउ