बैतडीमा १ सय १० हेक्टर वन क्षेत्र अतिक्रमीत

बैतडी : बैतडीमा १ सय १० हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । जिल्लाभरी ८६ हजार ५८१ हेक्टर वन क्षेत्रमध्ये ११०.४ हेक्टर वन क्षेत्रमा अतिक्रमण गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

जिल्लाको सुर्नया गाउँपालिका र पुर्चौंडी नगरपालिकाको सीमा क्षेत्र ढोले बजारमा वन क्षेत्र अतिक्रमणमा परेको छ । पुर्चौंडी नगरपालिकाको गिरिजाबगर, वडा नं २ को जमीटाड, वडा नं ७ को रुइनचौरमा पनि वन क्षेत्र अतिक्रमणमा परेको छ ।

बिज्ञापन

यस्तै पुर्चौंडी नगरपालिका र सुर्नया गाउँपालिकाको सीमा क्षेत्र रसेडाखाली, पुर्चौैंडी नगरपालिका वडा नं २ र ३ को सीमा क्षेत्र साँफेबगर बजार क्षेत्रमा वन क्षेत्र अतिक्रमणमा परेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भक्तराज गिरीले बताए । यस्तै सिगास गाउँपालिकाको टकरे, जुकेपानी, गर्जे, मडेखोला लगायतका क्षेत्रमा वन क्षेत्र अतिक्रमणमा परेको डिभिजन वन कार्यालयले जनाएको छ ।

डिलाशैनी गाउँपालिकाको दुलर्भ सामुदायिक वन, दशरथचन्द नगरपालिका–९ स्थित गिवाखोला सामुदायिक वन, दनपा १ स्थित रतेडी सामुदायिक वन, मेलौली नगरपालिकाको कृष्ण सामुदायिक वन र दुर्गा वेताल सामुदायिक वनको केही क्षेत्र अतिक्रमणमा परेको डिभिजन वन कार्यालयका प्रमुख गिरीले बताए ।

पाटन बजार क्षेत्र, डिलाशैनीको बुढीचौर लगायतका ठाउँमा वन क्षेत्रमा अतिक्रमण भएको बताइएको छ । अतिक्रमण भएका धेरै ठाउँमा सडक पुगेपछि घर तथा पसलहरु बनाइएका छन् भने केही ठाउँमा व्यक्तिहरुले जग्गा जमीन बनाएको पाइएको डिभिजन वन अधिकृत गिरीले बताए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

अत्तरिया खानेपानी अध्यक्षमा नन्दराज भट्टको उम्मेदवारी फिर्ता

अनमी कुट्ने बैतडीका स्वास्थ्य चौकी इन्चार्ज लुहार कारागार चलान

धनगढीका विभिन्न होटलबाट ३० जना पक्राउ

बाजुराका किसानलाई असिनापानीको त्रास

अनलाइनबाट देश भरिकै जग्गा रोक्का र फुकुवा बैंकबाटै

यूएईमाथि नेपालले संघर्षपूर्ण जित 

आजको मौसम : केही स्थानमा मेघगर्जनसहित वर्षा

न्यूनतम ज्याला नपाएका कञ्चनपुरका मजदुर, महिलामाथि अझै ज्याला विभेद

आज २०८३ साल वैशाख १९ गते शनिबारको राशिफल