आजको मौसम : केही स्थानमा मेघगर्जनसहित वर्षा

काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मधेस प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ।

बिज्ञापन

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानमा र बाँकी भू–भागको एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

अत्तरिया खानेपानी अध्यक्षमा नन्दराज भट्टको उम्मेदवारी फिर्ता

अनमी कुट्ने बैतडीका स्वास्थ्य चौकी इन्चार्ज लुहार कारागार चलान

बैतडीमा १ सय १० हेक्टर वन क्षेत्र अतिक्रमीत

धनगढीका विभिन्न होटलबाट ३० जना पक्राउ

बाजुराका किसानलाई असिनापानीको त्रास

अनलाइनबाट देश भरिकै जग्गा रोक्का र फुकुवा बैंकबाटै

यूएईमाथि नेपालले संघर्षपूर्ण जित 

न्यूनतम ज्याला नपाएका कञ्चनपुरका मजदुर, महिलामाथि अझै ज्याला विभेद

आज २०८३ साल वैशाख १९ गते शनिबारको राशिफल