अत्तरिया खानेपानी अध्यक्षमा नन्दराज भट्टको उम्मेदवारी फिर्ता

कैलाली : कैलालीको गोदावरी नगरपालिका–२ स्थित अत्तरियामा रहेको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा नन्दराज भट्टले उम्मेदवारी फिर्ता लिएका छन । निर्वाचन कार्यतालिका बमोजिम शनिबार दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएकोमा अध्यक्ष पदबाट भट्टले उम्मेदवारी फिर्ता लिएका हुन ।

यस्तै सो समयमा सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी सकुन्तला सोब, सिता सोबले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ ।

बिज्ञापन

अब अध्यक्ष पदमा राजेन्द्र बहादुर खड्का, गणेश शाह र हर्क बहादुर शाह कायम रहेका छन । यसअघि अध्यक्षमै उम्मेदवारी दर्ता गरेका राज बहादुर खड्काको उम्मेदवारी रद्द भएको थियो । अत्तरिया खानेपानीको बैशाख २६ गते निर्वाचन हुँदैछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

अनमी कुट्ने बैतडीका स्वास्थ्य चौकी इन्चार्ज लुहार कारागार चलान

बैतडीमा १ सय १० हेक्टर वन क्षेत्र अतिक्रमीत

धनगढीका विभिन्न होटलबाट ३० जना पक्राउ

बाजुराका किसानलाई असिनापानीको त्रास

अनलाइनबाट देश भरिकै जग्गा रोक्का र फुकुवा बैंकबाटै

यूएईमाथि नेपालले संघर्षपूर्ण जित 

आजको मौसम : केही स्थानमा मेघगर्जनसहित वर्षा

न्यूनतम ज्याला नपाएका कञ्चनपुरका मजदुर, महिलामाथि अझै ज्याला विभेद

आज २०८३ साल वैशाख १९ गते शनिबारको राशिफल