आजको माैसम : यी भूभागमा भारी वर्षा र हावाहुरीको सम्भावना

काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा अधिकांश बादल लागेको छ । बाँकी भूभागमा आंशिक बादल लागेको छ ।

बिज्ञापन

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा बादल लाग्नेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।

यस्तै, कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित भारी वर्षा तथा तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा चट्याङ्ग सहित भारी वर्षा र देशका तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

कैलालीबाट लागू औषध सहित १३ जना पक्राउ 

मुक्तकमैया पुनःस्थापनामा अन्योल, सरकारसँग तत्काल पहलको माग

कैलाली निर्माण व्यवसायी संघमा जोशी प्यानल घाेषणा

नेपाल मोबाइल व्यवसायी संघ सुदूरपश्चिम प्रदेश समिति गठन

आज २०८३ साल वैशाख २० गते आइतबारको राशिफल

आजको माैसम : यी स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

अत्तरिया खानेपानी अध्यक्षमा नन्दराज भट्टको उम्मेदवारी फिर्ता

अनमी कुट्ने बैतडीका स्वास्थ्य चौकी इन्चार्ज लुहार कारागार चलान

बैतडीमा १ सय १० हेक्टर वन क्षेत्र अतिक्रमीत