शुक्लाफाँटामा डिप ट्युबवेल जडानपछि किसान उत्साहित

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा डिप ट्युबवेल जडान भएपछि स्थानीय किसानहरू उत्साहित भएका छन्। वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानहरूले अब खेतीपातीमा नयाँ आशा पलाएको बताएका छन्।
प्रदेश सरकारको पहलमा २५ लाख रुपैयाँभन्दा बढी लागतमा जडान गरिएको डिप ट्युबवेलले करिब ६० बिघा जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखिएको छ। उक्त योजना आर्थिक मामिलामन्त्री बहादुरसिंह महराको संसदीय विकास कोषमार्फत विनियोजित बजेटबाट जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले कार्यान्वयन गरेको हो।

स्थानीय किसान परमानन्द जोशीले सिँचाइ सुविधा पुगेपछि उत्पादन बढ्ने अपेक्षा व्यक्त गरे। “पहिले सिँचाइको अभावले मेहनतअनुसार उत्पादन हुँदैनथ्यो, अब खेतमै डिप बोरिङ जडान भएपछि सहज भएको छ,” उनले भने।

बिज्ञापन

वडाध्यक्ष लालबहादुर ऐरका अनुसार डिप ट्युबवेल सञ्चालनमा आएपछि ५० भन्दा बढी किसान प्रत्यक्ष लाभान्वित भएका छन्। उनका अनुसार यसले बाँझोजस्तै रहेका खेतमा अन्नबाली, तरकारी तथा नगदे खेती विस्तार गर्न सहयोग पुग्नेछ।
किसान हरिकृष्ण चौधरीले अब व्यावसायिक तरकारी खेतीतर्फ आकर्षण बढेको बताए। “पहिले पानीको अभावले थोरै जमिनमा मात्रै खेती गर्न सकिन्थ्यो, अहिले समस्या हटेको छ,” उनले भने।
यद्यपि, किसानहरूले सिँचाइ प्रणालीलाई पूर्ण प्रभावकारी बनाउन पाइपलाइन विस्तार आवश्यक रहेको बताएका छन्। स्थानीय किसान यशोदा भट्टका अनुसार हाल बोरिङ जडान सम्पन्न भए पनि सबै खेतसम्म पानी पु¥याउन आवश्यक पूर्वाधार निर्माण हुन बाँकी छ। उनले आगामी बजेटमा पाइपलाइन विस्तारका लागि बजेट व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरिएको जानकारी दिइन्।
स्थानीयवासीले डिप ट्युबवेल सञ्चालनसँगै कृषि उत्पादन वृद्धि हुने र किसानको आयआर्जनमा सुधार आउने विश्वास गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

मन्त्री सीता वादीले सार्वजनिक गरिन् नगर्ने कामका १० बुँदा: ‘नातावाद र भ्रष्टाचारलाई प्रश्रय दिन्नँ’

वन उपभोक्ता समुहहरु विभिन्न २४ बुँदे माग राख्दै धर्नामा

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

धनगढीबाट ६ जना जुवाडे पक्राउ

अत्तरियामा सशस्त्रकै कार्यक्रममा प्रतिबन्धित प्लास्टिकका फूल प्रयोग, अख्तियारमा उजुरी

निजामती विधेयकको मस्यौदामा तीन हजार पाँच सय सुझाव

लम्कीचुहाको रिटमा सर्वोच्चको अन्तरिम आदेश दिन अस्वीकार

डडेल्धुराको कैलाश वनका अध्यक्ष मडै भ्रष्टाचार मुद्दामा दोषी ठहर

‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक, ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य