डडेल्धुराको कैलाश वनका अध्यक्ष मडै भ्रष्टाचार मुद्दामा दोषी ठहर

डडेल्धुरा : डडेलधुराको आलिताल गाउँपालिका वडा नम्बर ३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सर्वजित मडैलाई विशेष अदालत काठमाडौँले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

सोमबार विशेष अदालतका अध्यक्ष सुदर्शन भट्ट र सदस्य डील्लीरत्न श्रेष्ठको इजलासले सामुदायिक वनको कोषमा रहेको १८ लाख १५ हजार रुपैयाँ हिनामिना प्रकरणमा दोषी ठहर गरेको हो ।

बिज्ञापन

अदालतले मडैलाई सामुदायिक वनको रकम हिनामिनामा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पेस गर्न आदेश दिएको छ ।

सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष समेतको मिलेमतोमा किर्ते गरी सामुदायिक वनको कोषमा रहेको रकम हिनामिना गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेर मुद्दा दर्ता गरेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

मन्त्री सीता वादीले सार्वजनिक गरिन् नगर्ने कामका १० बुँदा: ‘नातावाद र भ्रष्टाचारलाई प्रश्रय दिन्नँ’

वन उपभोक्ता समुहहरु विभिन्न २४ बुँदे माग राख्दै धर्नामा

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

धनगढीबाट ६ जना जुवाडे पक्राउ

अत्तरियामा सशस्त्रकै कार्यक्रममा प्रतिबन्धित प्लास्टिकका फूल प्रयोग, अख्तियारमा उजुरी

शुक्लाफाँटामा डिप ट्युबवेल जडानपछि किसान उत्साहित

निजामती विधेयकको मस्यौदामा तीन हजार पाँच सय सुझाव

लम्कीचुहाको रिटमा सर्वोच्चको अन्तरिम आदेश दिन अस्वीकार

‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक, ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य