यूएईसँग टियू मैदानमै पराजित भयो नेपाल

काठमाडौँ : टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र यूएईबीचको पहिलो खेलमा नेपाल पराजित भएको छ । सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको हो । त्रिवि क्रीकेट मैदानमा वर्षाका कारण केही समय रोकिएपछि युएईले १० ओभरमा ७८ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य युएईले ७ बल बाकी छदै ४ विकेट गुमाएर पूरा गर्‍यो ।

युएईका कप्तान मोहम्मद वासिमले सर्वाधिक ३३ रन बनाए । अलीशान शराफूले १८ रनको योगदान दिए । बलिङमा नेपालका सन्दीप लामिछाने ३ र कुशल मल्लले एक विकेट लिए ।

बिज्ञापन

त्यसअघि नेपालले १८ ओभर ५ बलको खेल सकिदा ८ विकेट गुमाएर १२२ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो । नेपालका कप्तान दीपेन्द्रसिंह ऐरी ३२ र सन्दीप लामिछाने २ रनमा अविजित रहेका थिए ।

कुशल भुर्तेल १६, अर्जुन साउद १३, सन्दीप जोरा ६, कुशल मल्ल १७, बसिर अहमद १४, गुल्सन झा १, नन्दन यादव १३ र शेर मल्ल ० रनमा आउट भए । बलिङमा युएईका मुहम्मद जुहेबले ३, जुनैद सिद्दिकीले २, साएद हैदर र मुहम्मद अरफानले एकएक विकेट लिएका थिए । नेपाल र युएईबिचको दोस्रो टी-२०आई खेल मंगलबार हुनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

मन्त्री सीता वादीले सार्वजनिक गरिन् नगर्ने कामका १० बुँदा: ‘नातावाद र भ्रष्टाचारलाई प्रश्रय दिन्नँ’

वन उपभोक्ता समुहहरु विभिन्न २४ बुँदे माग राख्दै धर्नामा

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

धनगढीबाट ६ जना जुवाडे पक्राउ

अत्तरियामा सशस्त्रकै कार्यक्रममा प्रतिबन्धित प्लास्टिकका फूल प्रयोग, अख्तियारमा उजुरी

शुक्लाफाँटामा डिप ट्युबवेल जडानपछि किसान उत्साहित

निजामती विधेयकको मस्यौदामा तीन हजार पाँच सय सुझाव

लम्कीचुहाको रिटमा सर्वोच्चको अन्तरिम आदेश दिन अस्वीकार

डडेल्धुराको कैलाश वनका अध्यक्ष मडै भ्रष्टाचार मुद्दामा दोषी ठहर