बैतडीमा २२ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने

बैतडी : राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत बैतडी जिल्लामा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधी खुवाइने भएको छ।

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तिर्थराज भट्टका अनुसार जिल्लाभर ६ देखि ५९ महिनासम्मका २२ हजार ७५७ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने कार्यक्रम तय गरिएको छ। साथै, १२ देखि ५९ महिनासम्मका २० हजार ४८३ जना बालबालिकालाई जुकाको औषधी खुवाइनेछ।

बिज्ञापन

कार्यक्रमलाई प्रभावकारी र सफल बनाउन जिल्लाभर ८३१ जना महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

बालबालिकामा कुपोषण न्यूनीकरण तथा रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिने यस कार्यक्रमलाई स्वास्थ्यकर्मीहरूले महत्वपूर्ण जनस्वास्थ्य अभियानका रूपमा लिएका छन्। अभिभावकहरूलाई आफ्ना बालबालिकालाई नजिकको वितरण केन्द्रमा लगेर क्याप्सुल र औषधी खुवाउन आग्रह गरिएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

तिलकेनीका दलित बस्तीमा सिँचाइदेखि नागरिकतासम्मको समस्या

यस्तो छ मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

आज २०८३ साल वैशाख २९ गते मंगलबारको राशिफल

आजको मौसम : देशभर वर्षाको सम्भावना

यस्तो छ आजकका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल वैशाख २८ गते सोमबारको राशिफल

बजेट सुझाव संकलनका लागि सरकारले ल्यायो डिजिटल पोर्टल

आजको माैसम : यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

बुढीगंगाका तत्कालीन मेयर शाहसहित १४ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश