कैलालीमा ६६ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने

कैलाली : सरकारले आज र भोली देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाउने राष्ट्रिय अभियान सञ्चालन गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअनुसार दुई दिनसम्म देशभर अभियान सञ्चालन गरिएको हो।

कैलालीमा मात्रै ६ महिनादेखि ५ वर्षसम्मका ६६ हजार ४२४ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइनेछ। साथै, ९८ हजार ४५५ बालबालिकालाई जुकाको औषधि दिइने स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।

बिज्ञापन

जिल्लाका १३ स्थानीय तहका लागि करिब १ हजार २०० महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएको छ।

चिकित्सकका अनुसार भिटामिन ‘ए’ले आँखाको ज्योति, रोग प्रतिरोधात्मक क्षमता तथा बालबालिकाको वृद्धि–विकासमा महत्वपूर्ण भूमिका खेल्छ। त्यस्तै जुकाको औषधिले पेटका कीरा हटाउनुका साथै कुपोषण, रगतको कमी, पेट दुख्ने र झाडापखालाजस्ता समस्या न्यूनीकरण गर्न सहयोग पुर्‍याउँछ।

भिटामिन ‘ए’ कार्यक्रम विसं २०५० मा आठ जिल्लाबाट सुरु भई २०५९ देखि देशभर लागू गरिएको हो। त्यस्तै जुकाको औषधि खुवाउने कार्यक्रम विसं २०५६ मा १३ जिल्लाबाट सुरु भई २०६७ देखि देशव्यापी रूपमा सञ्चालन हुँदै आएको छ।

स्वास्थ्य कार्यालयले अभियानका क्रममा छुटेका बालबालिकालाई नजिकको स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयंसेविकासँग सम्पर्क गरी सेवा लिन आग्रह गरेको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

तिलकेनीका दलित बस्तीमा सिँचाइदेखि नागरिकतासम्मको समस्या

यस्तो छ मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

आज २०८३ साल वैशाख २९ गते मंगलबारको राशिफल

आजको मौसम : देशभर वर्षाको सम्भावना

यस्तो छ आजकका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल वैशाख २८ गते सोमबारको राशिफल

बजेट सुझाव संकलनका लागि सरकारले ल्यायो डिजिटल पोर्टल

आजको माैसम : यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

बुढीगंगाका तत्कालीन मेयर शाहसहित १४ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश