अत्तरिया मा ५ दिने पुस्तकालय व्यवस्थापन तालिम सुरू

कैलाली : कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा ५ दिने आधारभूत पुस्तकालय व्यवस्थापन तालिम सुरु भएको छ। श्री प्रतिभा सामुदायिक पुस्तकालय र केसर पुस्तकालय को संयुक्त आयोजनामा भएको उक्त तालिम नेपाल सामुदायिक पुस्तकालय संघ को संयोजन तथा गोदावरी नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भइरहेको हो।

पुस्तकालयका अध्यक्ष भुपेश जोशीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा केसर पुस्तकालयका प्रमुख यादवचन्द्र निरौला, दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख डा. नरेन्द्र बहादुर ऐर, वडा नं. १ का अध्यक्ष गोपालदत्त भट्ट, नेपाल सामुदायिक पुस्तकालय संघका महासचिव राजेन्द्रप्रसाद पाण्डेय तथा केन्द्रीय सदस्य पुष्पराज जोशी लगायतको सहभागिता रहेको थियो।

बिज्ञापन

कार्यक्रममा उपाध्यक्ष नरेन्द्रराज शर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन सचिव धर्मसिंह कुँवरले गरेका थिए। सो अवसरमा ‘प्रतिभा’ वार्षिक मुखपत्र (अङ्क–६) तथा २०८३ सालको भित्तेपात्रो विमोचन समेत गरिएको थियो।

प्रमुख अतिथि नगरप्रमुख भट्टले आगामी आर्थिक वर्षको बजेटमार्फत पुस्तकालयलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उद्घाटन सत्रपछि प्रमुख प्रशिक्षक यादवचन्द्र निरौलाको सहजीकरणमा तालिमको औपचारिक सुरुवात गरिएको छ।

उक्त कार्यक्रममा जनप्रतिनिधि, पुस्तकालयका संस्थापक सदस्य, दानदाता, शिक्षक, विद्यार्थी, व्यापारी, सञ्चारकर्मी तथा सर्वसाधारण गरी करिब १०० जनाको सहभागिता रहेको जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

तिलकेनीका दलित बस्तीमा सिँचाइदेखि नागरिकतासम्मको समस्या

यस्तो छ मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

आज २०८३ साल वैशाख २९ गते मंगलबारको राशिफल

आजको मौसम : देशभर वर्षाको सम्भावना

यस्तो छ आजकका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल वैशाख २८ गते सोमबारको राशिफल

बजेट सुझाव संकलनका लागि सरकारले ल्यायो डिजिटल पोर्टल

आजको माैसम : यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

बुढीगंगाका तत्कालीन मेयर शाहसहित १४ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश