कञ्चनपुरमा एकै दिन लागूऔषधसहित ६ जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा प्रहरीले एकै दिन लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन्।

बेलौरी नगरपालिका–१० सडकघाटबाट तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–३ का २४ वर्षीय विजय गिरी, पुनर्वास–७ का २१ वर्षीय अमन तामाङ र चितवन भरतपुर महानगरपालिका–१४ शिवनगरका २४ वर्षीय रोहन बिक रहेका छन्।

बिज्ञापन

विजय गिरीले चलाएको सुपप्र ०१–०१३ प २६८१ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा पछाडि सवार अमन तामाङ र रोहन बिकको साथबाट २ ग्राम १९० मिलिग्राम खैरो हेरोइन तथा ट्रमाडोल क्याप्सुल ५ पिस बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी भुँडाबाट खटिएको टोलीले मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

यसैबीच, पुनर्वास नगरपालिका–५ पैसठ्ठी बिघाबाट थप दुई जना पक्राउ परेका छन्। २० वर्षीय रोहन तामाङले चलाएको प्रदेश ३–०९२ प १११ नम्बरको मोटरसाइकल जाँच गर्दा पछाडि सवार २२ वर्षीय वीरेन्द्र रानाको साथबाट ९ ग्राम ४३० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त टोलीले दुवै जनालाई मोटरसाइकलसहित पक्राउ गरेको हो।

यस्तै, कृष्णपुर नगरपालिका–९ राजघाटबाट पनि लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

स्थानीय ३१ वर्षीय अनिल राना ५८ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

तिलकेनीका दलित बस्तीमा सिँचाइदेखि नागरिकतासम्मको समस्या

यस्तो छ मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

आज २०८३ साल वैशाख २९ गते मंगलबारको राशिफल

आजको मौसम : देशभर वर्षाको सम्भावना

यस्तो छ आजकका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल वैशाख २८ गते सोमबारको राशिफल

बजेट सुझाव संकलनका लागि सरकारले ल्यायो डिजिटल पोर्टल

आजको माैसम : यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

बुढीगंगाका तत्कालीन मेयर शाहसहित १४ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश