अछामस्थित कर्णाली नदीमा डुङ्गा पल्टिँदा बेपत्ता बालकको शव फेला

अछाम  : अछामको तुर्माखाँद गाउँपालिका–३ बल्देमा कर्णाली नदी तर्ने क्रममा डुङ्गा पल्टिएर बेपत्ता भएका दुई जनामध्ये एक बालकको शव फेला परेको छ ।

गत वैशाख ३ गतेदेखि नदीमा हराइरहेका ३५ वर्षीय पहल सिंह बुढा र उनका ११ वर्षीय छोरा नरी बुढामध्ये बालकको शव फेला परेको हो ।

बिज्ञापन

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको संयुक्त टोलीले खोजी गर्ने क्रममा शनिवार घटनास्थल भन्दा करिब १ किलोमिटर तल नदीमा तैरिरहेको अवस्थामा नरी बुढाको शव फेला पारेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थल मुचुल्कालगायत कानुनी प्रक्रियाहरू पूरा गरेको छ । बेपत्ता रहेका बुवा पहल सिंह बुढाको खोजी कार्य भने निरन्तर जारी छ । वैशाख ३ गते नदी तर्ने क्रममा अचानक डुङ्गा पल्टिँदा बुवाछोरा दुवै बेपत्ता भएका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

तिलकेनीका दलित बस्तीमा सिँचाइदेखि नागरिकतासम्मको समस्या

यस्तो छ मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

आज २०८३ साल वैशाख २९ गते मंगलबारको राशिफल

आजको मौसम : देशभर वर्षाको सम्भावना

यस्तो छ आजकका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल वैशाख २८ गते सोमबारको राशिफल

बजेट सुझाव संकलनका लागि सरकारले ल्यायो डिजिटल पोर्टल

आजको माैसम : यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

बुढीगंगाका तत्कालीन मेयर शाहसहित १४ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश