सुदूरपश्चिम प्रदेश सभाबाट स्थानीय सेवा ऐन संशोधनसहित पारित

कैलाली :  सुदूरपश्चिम प्रदेश सभाबाट स्थानीय सेवा गठन तथा संशोधन (पहिलो संशोधन) विद्येयक सर्वसम्मत पारित भएको छ ।

शुक्रबार बसेको प्रदेश सभाको बैठकले सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले पेश गरेको प्रस्ताव सभाबाट छलफलपछि सर्वसम्मत पारित गरिएको हो । विधायन तथा प्रदेश मामिला समितिमा दफावार छलफल सम्पन्न भएर आएको प्रतिवेदन हुबहु पारित गरिएको छ ।

बिज्ञापन

यस्तै, सार्कीले सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

उक्त विद्येयकमाथि सांसदहरूले आ-आफ्ना धारणा राखेका छन् । सभामुख भीमबहादुर भण्डारीले पेश गरेको प्रदेश सभा सदस्यले लगाउने प्रतिक चिन्ह (लोगो) निर्धारण सम्बन्धी प्रस्ताव पनि सर्वसम्मत पारित भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

अनलाइन गेममार्फत ठगी : गोदावरीका युवक पक्राउ

टीकापुरका सामुदायिक वनको आम्दानी बेत बाँसमा निर्भर

कैलाली–कञ्चनपुरमा लागूऔषधसहित ५ जना पक्राउ

समुदाय सचेत भएमा विपद् प्रतिकार्यमा सहयोग पुग्छ

गोदावरीमा अझै एक तिहाइ वडा कार्यालय भाडामै सञ्चालन

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ : अध्यक्ष ढकाल

रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने

यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल वैशाख ७ गते सोमबारको राशिफल