समुदाय सचेत भएमा विपद् प्रतिकार्यमा सहयोग पुग्छ

कैलाली : कैलालीको टीकापुर क्षेत्रमा मौसम परिवर्तनका असरबारे स्थानीय समुदाय क्रमशः सचेत बन्दै गएका छन्। विशेषगरी बाढीको उच्च जोखिममा रहेका बस्तीमा गठन गरिएका समुदायस्तरीय विपद् व्यवस्थापन समितिले जोखिम न्यूनीकरणसँगै जलवायु परिवर्तनका असरबारे जनचेतना फैलाउने काम गरिरहेका छन्।

टीकापुर नगरपालिका–५ दक्षिण शाहीपुरका स्थानीयले हरेक वर्ष विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण र प्रतिकार्यका योजना बनाउँदै आएका छन्। समितिका अध्यक्ष चन्द्रबहादुर रोकामगरका अनुसार कर्णाली नदी बाट हुने बाढी जोखिमका कारण विसं २०६४ सालदेखि नै समुदाय सक्रिय रूपमा विपद् व्यवस्थापनमा जुटेको हो। “पहिले बाढीले मानवीय र भौतिक क्षति धेरै हुन्थ्यो, अहिले हामी सचेत छौँ र क्षति न्यूनीकरणमा सफल भएका छौँ,” उनले भने।

बिज्ञापन

समुदायले जोखिममा रहेका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बालबालिका तथा गर्भवती महिलाको विवरण राख्ने, बस्तीको नक्साङ्कन गर्ने र विपद्का बेला प्राथमिकताका आधारमा उद्धार गर्ने अभ्यास विकास गरेको छ। साथै, पूर्वसूचना प्रणाली, प्राथमिक उपचार, खोज तथा उद्धार तथा महिला समूह गठन गरी वर्षभरि नै तयारी गरिन्छ।
स्थानीयवासी पिला जैसीका अनुसार विगतमा विपद्बाट कसरी जोगिने भन्ने जानकारी नभए पनि अहिले सामूहिक अभ्यासले जोगिन र जोगाउन सकिने विश्वास बढेको छ। समुदायको क्षमता विकासमा नगरपालिका तथा विभिन्न सङ्घसंस्थाले सहकार्य गर्दै आएका छन्।

सामाजिक परिचालक निरज चौधरीका अनुसार टीकापुरका वडा नम्बर ५, ६, ७, ८ र ९ मा आपत्कालीन सामग्री सहयोग, क्षमता अभिवृद्धि तथा पूर्वसूचना प्रणालीमा सघाइँदै आएको छ। “मौसमअनुसार जोखिमबारे छलफल हुन्छ, अहिले आगलागी जोखिमबारे सचेतना बढाइएको छ,” उनले बताए।

समुदायले वातावरण संरक्षण र जीविकोपार्जनमा पनि ध्यान दिन थालेका छन्। स्थानीय महिलाहरू बेतबाँस फर्निचर निर्माण, तरकारी खेती तथा विषादीरहित कृषि कार्यमा संलग्न भएका छन् भने किसानहरू बाढी बीमातर्फ आकर्षित भएका छन्।
इलाका प्रशासन कार्यालय टीकापुर का प्रमुख तारानाथ रानाले समुदाय सक्रिय भएमा विपद्को क्षति उल्लेखनीय रूपमा घटाउन सकिने बताए। “पूर्वसूचना र सामूहिक तयारीले ठूलो क्षति रोक्न सकिन्छ,” उनले भने।

वडा अध्यक्ष यज्ञप्रसाद न्यौपानेका अनुसार स्थानीय सरकार र सङ्घसंस्थाको सहकार्यमा समुदायलाई सशक्त बनाइँदै आएको छ। टीकापुर नगरपालिकामा पालिकास्तर र वडास्तरमा विपद् व्यवस्थापन समिति सक्रिय छन्।

वन, वातावरण तथा विपद् व्यवस्थापन शाखाका अनुसार हाल विभिन्न सङ्घसंस्थाको सहयोगमा करिब ६० वटा समुदायस्तरीय विपद् व्यवस्थापन समिति गठन भई काम गरिरहेका छन्। शाखा प्रमुख निर्मला चौधरीका अनुसार यी समितिले जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेका छन्। “समुदाय सचेत भएमा विपद् प्रतिकार्यमा पालिकालाई ठूलो सहयोग पुग्छ,” उनले बताइन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

डडेल्धुरामा सैनिकका परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम सुरु 

यूएईसँगको दोस्रो टी–२०आई खेलमा नेपाल ८ विकेटले विजयी

उच्च सुरक्षा अधिकारीहरूसँग गृहमन्त्रीको पाँच घण्टा लामो गोप्य छलफल

जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

आजको माैसम : तराई क्षेत्रमा तातो लहरको सम्भावना

आज २०८३ साल वैशाख ९ गते बुधबारको राशिफल

२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

सेती प्रादेशिक अस्पतालमा हरेक ६ महिनामा कर्मचारी मूल्याङ्कन