डडेल्धुरामा सैनिकका परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम सुरु 

डडेल्धुरा : डडेल्धुरामा भूतपूर्व सैनिक तथा वहालवाला सैनिकका परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम सुरु गरिएको छ।

नेपाली सेनाको कल्याणकारी बोर्ड हिताधिकारी कल्याण केन्द्र सुदूरपश्चिम प्रदेश कार्यालय बोराडाँडी कैलालीद्वारा डडेल्धुरा जिल्लामा भूतपूर्व सैनिक तथा वहालवाला सैनिकका परिवारजनका लागि सञ्चालित सातदिने प्रारङ्गिक बेमौसमी तरकारी खेती तालिम डडेल्धुरा सदरमुकाममा सुरु भएको हो।

बिज्ञापन

अमरगढी नगरपालिकाको सभाकक्षमा सञ्चालित तालिमको समुद्घाटन गर्दै अर्जुन वाण गण दह ब्यारेक डडेल्धुराका सेनानी सवन स्यान्ताङले स्वरोजगारी प्रवद्र्धनका लागि सात दिने तालिम प्रभावकारी हुने विश्वास ब्यक्त गरे। उनले नेपाली सेनाले कल्याणकारी बोर्ड हिताधिकारी कल्याण केन्द्रमार्फत नियमित रुपमा यस किसिमका कार्यक्रमहरु सञ्चालन गरिने बताए।

कार्यक्रममा भूतपूर्व सैनिक संघ डडेल्धुराका अध्यक्ष तथा कार्यक्रमका फोकल पर्सन नरेन्द्रसिंह बोहराले भूतपूर्व सैनिक र वहालवाला सैनिकका परिवारजनलाई लक्षित गरेर सञ्चालन गरिने तालिमबाट सहभागीहरुले आयमुलक काम गर्नसक्ने क्षमताको विकास हुने विश्वास गरे।

प्रमुख प्रशिक्षक मिना जोशीले सहभागीहरुले सात दिनसम्म सिकेका सिपहरुलाई व्यवहारमा उतारेर मुलुकलाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउन टेवा पुग्ने विश्वास ब्यक्त गरिन्। बैशाख १२ गतेसम्म सञ्चालन हुने तालिममा कल्याणकारी बोर्ड हिताधिकारी कल्याण केन्द्रका तालिम प्रतिनिधि एमपी भट्टसमेत प्रशिक्षक छन्। तालिममा २५ जना सहभागी रहेको भूतपूर्व सैनिक संघ डडेल्धुराले जनाएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

कैलाली उद्योग वाणिज्य संघद्वारा  रु. १०० माथिका सामानमा भन्सार अनिवार्य गर्ने निर्णयको स्वागत

यूएईसँगको दोस्रो टी–२०आई खेलमा नेपाल ८ विकेटले विजयी

उच्च सुरक्षा अधिकारीहरूसँग गृहमन्त्रीको पाँच घण्टा लामो गोप्य छलफल

जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

आजको माैसम : तराई क्षेत्रमा तातो लहरको सम्भावना

आज २०८३ साल वैशाख ९ गते बुधबारको राशिफल

२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

सेती प्रादेशिक अस्पतालमा हरेक ६ महिनामा कर्मचारी मूल्याङ्कन