कैलाली उद्योग वाणिज्य संघद्वारा  रु. १०० माथिका सामानमा भन्सार अनिवार्य गर्ने निर्णयको स्वागत

कैलाली : कैलाली उद्योग वाणिज्य संघले भारतबाट रु. १०० भन्दा बढी मूल्यका सामान आयात गर्दा अनिवार्य रूपमा भन्सार प्रक्रिया पूरा गर्नुपर्ने नेपाल सरकारको हालैको निर्णयको स्वागत गरेको छ। संघले उक्त कदमलाई स्वदेशी उद्योग, व्यापार तथा राजस्व प्रणाली सुदृढ बनाउने सकारात्मक पहलका रूपमा व्याख्या गरेको छ।

संघले एक प्रेस विज्ञप्ति जारी गर्दै आम उपभोक्ता, व्यवसायी तथा सरोकारवालाहरूलाई नयाँ नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ। संघका अनुसार यस व्यवस्थाले व्यापार प्रणालीलाई व्यवस्थित बनाउनुका साथै अवैध आयात नियन्त्रण गर्न र राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउन सहयोग पुग्नेछ।

बिज्ञापन

विज्ञप्तिमा स्वदेशमै उपलब्ध वस्तुहरूको उपभोग बढाउन पनि आह्वान गरिएको छ। यसले अर्थतन्त्रलाई चलायमान बनाउने, रोजगारी सिर्जना गर्ने तथा राजस्व वृद्धि गर्ने उल्लेख गरिएको छ।
यद्यपि, संघले दीर्घकालीन समाधानका लागि स्वदेशी उत्पादन वृद्धि गर्न अनुकूल वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ।

लगानी सुरक्षाको प्रत्याभूति, स्रोत–साधनको अधिकतम प्रयोग र उत्पादन वृद्धि मार्फत उपभोक्ताले सस्तो मूल्यमा गुणस्तरीय वस्तु प्राप्त गर्न सक्ने संघको भनाइ छ। यसले दक्ष युवा जनशक्ति विदेश पलायन हुने प्रवृत्ति पनि रोक्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

त्यस्तै, संघले व्यवसायीहरूलाई पारदर्शी र जिम्मेवार व्यापार अभ्यास अपनाउन आग्रह गर्दै उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय वस्तु उपलब्ध गराउन आह्वान गरेको छ। यसबाट सरकार, व्यवसायी र उपभोक्ता तीनै पक्षलाई दीर्घकालीन लाभ पुग्ने विश्वास व्यक्त गरिएको छ।

भारतसँग खुला सिमाना जोडिएको कैलाली जिल्लाको सन्दर्भ उल्लेख गर्दै संघले भन्सार नाकामा मात्र नभई खुला सिमानाबाट हुने अवैध चोरी निकासी नियन्त्रण गर्न सरकारसँग विशेष पहल गर्न पनि माग गरेको छ। संघका अध्यक्ष पुष्करराज ओझाले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा सबै पक्षलाई सहयोग र सहकार्यका लागि अनुरोध गरिएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

डडेल्धुरामा सैनिकका परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम सुरु 

यूएईसँगको दोस्रो टी–२०आई खेलमा नेपाल ८ विकेटले विजयी

उच्च सुरक्षा अधिकारीहरूसँग गृहमन्त्रीको पाँच घण्टा लामो गोप्य छलफल

जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

आजको माैसम : तराई क्षेत्रमा तातो लहरको सम्भावना

आज २०८३ साल वैशाख ९ गते बुधबारको राशिफल

२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

सेती प्रादेशिक अस्पतालमा हरेक ६ महिनामा कर्मचारी मूल्याङ्कन