कैलाली–कञ्चनपुरमा लागूऔषधसहित ५ जना पक्राउ

कैलाली :  सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरबाट लागूऔषध खैरो हेरोइनसहित ५ जना पक्राउ परेका छन्।

कैलालीको गोदावरी नगरपालिका–२ बसपार्कबाट ३ सय ७० मिलिग्राम खैरो हेरोइनसहित डोटी शिखर नगरपालिका–२ का २५ वर्षीय कृष्ण दमाईलाई आइतबार बिहान इलाका प्रहरी कार्यालय मालाखेती को टोलीले पक्राउ गरेको छ।
त्यसैगरी लम्कीचुहा नगरपालिका–१ थपालिपुरबाट १ ग्राम १६० मिलिग्राम खैरो हेरोइनसहित ३० वर्षीय प्रकाश शर्मालाई इलाका प्रहरी कार्यालय लम्की बाट खटिएको प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको छ।
यस्तै भजनी नगरपालिका–३ कुसुमघाटबाट ५ सय ४० मिलिग्राम खैरो हेरोइनसहित जोशिपुर गाउँपालिका–७ का ३० वर्षीय तेजबहादुर मौनीलाई इलाका प्रहरी कार्यालय भजनी को टोलीले पक्राउ गरेको जनाएको छ।

बिज्ञापन

उता कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ बनपुरुवाबाट ८ सय ६० मिलिग्राम खैरो हेरोइनसहित २२ वर्षीय सुनिल चौधरी र १८ वर्षीय हसिव चौधरीलाई प्रहरी चौकी भुँडा बाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी बेलौरी नगरपालिका–१० दर्सिखल्लाबाट मोटरसाइकल जाँचका क्रममा १० ग्राम ५२० मिलिग्राम खैरो हेरोइनसहित ३२ वर्षीय इश्वर डगौरा र २५ वर्षीय आकाश डगौरालाई इलाका प्रहरी कार्यालय बेलडाँडी को टोलीले आइतबार बेलुका पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

डडेल्धुरामा सैनिकका परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम सुरु 

यूएईसँगको दोस्रो टी–२०आई खेलमा नेपाल ८ विकेटले विजयी

उच्च सुरक्षा अधिकारीहरूसँग गृहमन्त्रीको पाँच घण्टा लामो गोप्य छलफल

जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

आजको माैसम : तराई क्षेत्रमा तातो लहरको सम्भावना

आज २०८३ साल वैशाख ९ गते बुधबारको राशिफल

२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

सेती प्रादेशिक अस्पतालमा हरेक ६ महिनामा कर्मचारी मूल्याङ्कन