बोरिङ जडानपछि २०० बिघा जमिनमा सिँचाइ, ३०० भन्दा बढी किसान लाभान्वित

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार भएपछि व्यावसायिक खेतीमा संलग्न किसानहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

पछिल्लो तीन वर्षमा वडा कार्यालयले किसानको सिँचाइ समस्या समाधानका लागि ३० वटा स्यालो ट्युबवेल र दुई वटा अटोजन बोरिङ जडान गरेको छ। किसानलाई अनुदान उपलब्ध गराउँदै यी संरचना निर्माण गरिएको हो।

बिज्ञापन

सिँचाइ सुविधा विस्तारसँगै करिब २०० बिघा जमिनमा सिँचाइ पुगेको छ भने ३०० भन्दा बढी किसानले प्रत्यक्ष लाभ लिएका छन्। वडाध्यक्ष चक्रबहादुर खड्काका अनुसार व्यावसायिक खेती गर्ने किसानलाई प्राथमिकतामा राखेर समूहमा आधारित रूपमा ट्युबवेल वितरण गरिएको हो।

चालु आर्थिक वर्षमा थप १० वटा स्यालो ट्युबवेल र एक अटोजन बोरिङ जडान गर्ने योजना अघि बढाइएको छ। यसका लागि वडा कार्यालयले चार लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। गत वर्ष १० वटा ट्युबवेल र एक बोरिङ तथा त्यसअघिल्लो वर्ष १० वटा ट्युबवेल जडान गरिएको थियो।

प्राविधिक हिसाबले एक स्यालो ट्युबवेलले करिब पाँच बिघा जमिनमा सिँचाइ गर्न सक्ने क्षमता राख्छ भने एक अटोजन बोरिङले ३० बिघाभन्दा बढी जमिनमा सिँचाइ सुविधा पुर्‍याउन सक्छ।

सिँचाइ सुविधा विस्तारसँगै किसानहरू आकासे पानीमा निर्भर रहनुपर्ने अवस्था घट्दै गएको छ। स्थानीय किसान अंकली चौधरीका अनुसार अहिले आवश्यकताअनुसार सिँचाइ गर्न पाइने भएकाले खेती गर्न सहज भएको छ।

वडा कार्यालयले सिँचाइ विस्तारसँगै व्यावसायिक, तरकारी तथा बहुवाली खेतीलाई थप प्रोत्साहन मिल्ने विश्वास लिएको छ। साथै, उत्पादन र आम्दानी वृद्धि गर्ने लक्ष्यसहित आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकता दिइने जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

अछामबाट टीकापुर आउदै गरेको यात्रुबहाक सानो गाडी दुर्घटना हुँदा ३ जना घाइते

अलपत्र सडकका ठेक्का तोड्दै सरकार, २५ योजनामा कारबाही प्रक्रिया सुरु

कञ्चनपुर र बर्दियाबाट १८ कृष्णसार चितवन स्थानान्तरण गरिँदै

सीमानाकामा सुरक्षा कडा : सुदूरपश्चिममा १८० सशस्त्र प्रहरी थपिने

आजको माैसम : यी स्थानमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

आज २०८२ साल चैत २४ गते मंगलबारको राशिफल

धनगढीको आयुर्वेद चिकित्सालयमा बिरामीको चाप बढ्दो, सेवा विस्तार प्रभावकारी

सुदूरपश्चिममा तीन लाख एक हजार थान पाठ्यपुस्तक बिक्री