कञ्चनपुर र बर्दियाबाट १८ कृष्णसार चितवन स्थानान्तरण गरिँदै

कैलाली : कञ्चनपुर र बर्दियाबाट १८ वटा कृष्णसार चितवनको टिकौली क्षेत्रमा स्थानान्तरण गरिने भएको छ। वन तथा वातावरण मन्त्रालय का अनुसार ६ भाले र १२ पोथी कृष्णसार स्थानान्तरण गरिनेछ।

कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्र बाट कृष्णसारलाई चितवन ल्याउने निर्णय गरिएको हो।
कृष्णसार नेपालमा लोपोन्मुख वन्यजन्तुको सूचीमा पर्छ। मन्त्रालयका अनुसार २०३३ सालतिर बर्दियाको खैरापुर क्षेत्रमा जम्मा ९ वटामा सीमित रहेको यो प्रजाति प्रभावकारी संरक्षणका कारण उल्लेखनीय रूपमा बढेको हो।

बिज्ञापन

विगतमा सदर चिडियाखाना र खैरापुरबाट ४२ वटा कृष्णसारलाई शुक्लाफाँटाको हिरापुर फाँटामा स्थानान्तरण गरिएको थियो, जसले अहिले संख्या बढेर ५ सयभन्दा बढी पुगेको मन्त्रालयले जनाएको छ।

वन्यजन्तु एउटै क्षेत्रमा सीमित हुँदा वंशाणुगत समस्या, वातावरणीय जोखिम तथा आकस्मिक विपद्का कारण एकैपटक प्रजाति नै लोप हुन सक्ने खतरा हुन्छ। त्यसैले नेपालसहित विश्वभर विभिन्न प्रजातिलाई सुरक्षित रूपमा अन्य क्षेत्रमा स्थानान्तरण गर्ने अभ्यास गरिँदै आएको छ।

यसै आवश्यकता अनुसार मन्त्रालयले गठन गरेको कार्यदलको अध्ययन र सिफारिसका आधारमा चितवनको टिकौली क्षेत्रमा करिब २० हेक्टरमा घेराबार (इन्क्लोजर) र आवश्यक पूर्वाधार निर्माण गरी कृष्णसार राख्ने तयारी गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

अछामबाट टीकापुर आउदै गरेको यात्रुबहाक सानो गाडी दुर्घटना हुँदा ३ जना घाइते

बोरिङ जडानपछि २०० बिघा जमिनमा सिँचाइ, ३०० भन्दा बढी किसान लाभान्वित

अलपत्र सडकका ठेक्का तोड्दै सरकार, २५ योजनामा कारबाही प्रक्रिया सुरु

सीमानाकामा सुरक्षा कडा : सुदूरपश्चिममा १८० सशस्त्र प्रहरी थपिने

आजको माैसम : यी स्थानमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

आज २०८२ साल चैत २४ गते मंगलबारको राशिफल

धनगढीको आयुर्वेद चिकित्सालयमा बिरामीको चाप बढ्दो, सेवा विस्तार प्रभावकारी

सुदूरपश्चिममा तीन लाख एक हजार थान पाठ्यपुस्तक बिक्री