सीमानाकामा सुरक्षा कडा : सुदूरपश्चिममा १८० सशस्त्र प्रहरी थपिने

कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका नेपाल–भारत सीमानाकामा सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन सशस्त्र प्रहरी बलले जनशक्ति वृद्धि गर्ने तयारी गरेको छ।

सशस्त्र प्रहरी बल नं. ७ वैद्यनाथ बाहिनीको २५औँ स्थापना दिवसका अवसरमा महानिरीक्षक राजु अर्याल ले सीमा सुरक्षालाई प्राथमिकतामा राख्दै गृह मन्त्रालयको नीतिअनुसार जनशक्ति थप गर्न निर्देशन दिएका हुन्। उनले राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील विषय भएकाले सबै पक्ष सचेत र एकजुट हुनुपर्नेमा जोड दिए।

बिज्ञापन

उनले भ्रामक सूचना फैलाउने गतिविधि निरुत्साहित गर्दै सीमा सुरक्षा मजबुत बनाउन सबैको साझा जिम्मेवारी रहेको बताए। सशस्त्र प्रहरी बल नं. ७ वैद्यनाथ बाहिनी अत्तरियाका अनुसार कैलाली र कञ्चनपुरका विभिन्न सीमाक्षेत्रमा खटिएका सात गुल्ममार्फत प्रारम्भिक चरणमै १८० जना सशस्त्र प्रहरी कर्मचारी थप गरिनेछ।

बाहिनीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग्विजय सुवेदी का अनुसार सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण, लागुऔषध रोकथाम, अवैध गतिविधि नियन्त्रण तथा राजस्व चुहावट न्यूनीकरणमा सशस्त्र प्रहरी सक्रिय रूपमा परिचालन भइरहेको छ। पछिल्लो समय सीमा क्षेत्रमा २४सैँ घण्टा गस्तीलाई तीव्र बनाइएको पनि उनले जानकारी दिए।

हाल सुदूरपश्चिमका नौ जिल्लामा १९ हजार ६९१ जना विपद् सूचक आबद्ध रहेका छन् भने २६५ जनालाई समुदायस्तरमा विपद् स्वयंसेवक तालिम दिइएको सशस्त्र प्रहरीले जनाएको छ। – रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

अछामबाट टीकापुर आउदै गरेको यात्रुबहाक सानो गाडी दुर्घटना हुँदा ३ जना घाइते

बोरिङ जडानपछि २०० बिघा जमिनमा सिँचाइ, ३०० भन्दा बढी किसान लाभान्वित

अलपत्र सडकका ठेक्का तोड्दै सरकार, २५ योजनामा कारबाही प्रक्रिया सुरु

कञ्चनपुर र बर्दियाबाट १८ कृष्णसार चितवन स्थानान्तरण गरिँदै

आजको माैसम : यी स्थानमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

आज २०८२ साल चैत २४ गते मंगलबारको राशिफल

धनगढीको आयुर्वेद चिकित्सालयमा बिरामीको चाप बढ्दो, सेवा विस्तार प्रभावकारी

सुदूरपश्चिममा तीन लाख एक हजार थान पाठ्यपुस्तक बिक्री