अलपत्र सडकका ठेक्का तोड्दै सरकार, २५ योजनामा कारबाही प्रक्रिया सुरु

कञ्चनपुर : वर्षौंदेखि निर्माणाधीन अवस्थामा अलपत्र परेका कञ्चनपुरका विभिन्न सडक आयोजनाका ठेक्का अन्त्य गर्ने प्रक्रिया सुरु गरिएको छ।

पूर्वाधार विकास कार्यालय र डिभिजन सडक कार्यालय महेन्द्रनगरले लामो समयसम्म काम नगरी बेवास्ता गरिएका सडक योजनामाथि कडा कदम चाल्दै ठेक्का तोड्ने प्रक्रिया अघि बढाएका हुन्। कार्यालयहरूले १५ दिने सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निर्माण कम्पनीहरूलाई अन्तिम मौका दिएका छन्।

बिज्ञापन

पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणराज जोशीका अनुसार सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ अनुसार २५ वटा सडक योजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु गरिएको हो। उनका अनुसार पाँचदेखि सात वर्षसम्म अलपत्र रहेका योजनामा काम हुने सम्भावना नदेखिएपछि यस्तो निर्णय लिनुपरेको हो।

आर्थिक वर्ष २०७६/७७ देखि सुरु भएका धेरै सडक आयोजनामा न्यून प्रगति देखिएको छ। निर्माण व्यवसायीहरूको ढिलासुस्तीका कारण स्थानीयवासीले लामो समयदेखि समस्या भोग्दै आएका थिए।

यस्तै, डिभिजन सडक कार्यालय महेन्द्रनगरले पनि आर्थिक वर्ष २०७८/७९ मा सम्झौता भएका तर काम सुरु नभएका वा अलपत्र छाडिएका आयोजनाको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको जनाएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत अत्तरिया–गड्डाचौकी खण्डमा सडक विस्तार, तथा कैलालीको खुटिया पुल–उर्मा–भडा सडक स्तरोन्नति कार्य समेत प्रभावित बनेका छन्। पटक–पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले काम अघि नबढाएपछि कारबाही प्रक्रिया सुरु गरिएको हो।

ठेक्का तोडिने सूचीमा अधिकांश ग्रामीण भेगका सडक परेका छन्। ती सडक निर्माण नहुँदा स्थानीय बासिन्दाले दैनिक आवतजावतमा सास्ती खेप्दै आएका छन्। रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

अछामबाट टीकापुर आउदै गरेको यात्रुबहाक सानो गाडी दुर्घटना हुँदा ३ जना घाइते

बोरिङ जडानपछि २०० बिघा जमिनमा सिँचाइ, ३०० भन्दा बढी किसान लाभान्वित

कञ्चनपुर र बर्दियाबाट १८ कृष्णसार चितवन स्थानान्तरण गरिँदै

सीमानाकामा सुरक्षा कडा : सुदूरपश्चिममा १८० सशस्त्र प्रहरी थपिने

आजको माैसम : यी स्थानमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

आज २०८२ साल चैत २४ गते मंगलबारको राशिफल

धनगढीको आयुर्वेद चिकित्सालयमा बिरामीको चाप बढ्दो, सेवा विस्तार प्रभावकारी

सुदूरपश्चिममा तीन लाख एक हजार थान पाठ्यपुस्तक बिक्री