सुदूरपश्चिममा तीन लाख एक हजार थान पाठ्यपुस्तक बिक्री

कैलाली : जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म सुदूरपश्चिममा तीन लाख एक हजार थान पाठ्यपुस्तक बिक्री वितरण गरेको छ ।

आगामी शैक्षिकसत्र २०८३ का लागि प्रदेशका विभिन्न जिल्लामा स्थानीय पुस्तक बिक्रेतामार्फत केन्द्रले पुस्तक बिक्रीवितरण गरेको प्रादेशिक कार्यालय प्रमुख निर्मलकुमार यादवले जानकारी दिए । पुस्तक बिक्रीबाट तीन करोड ७४ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार गरिएको उनले बताए।

बिज्ञापन

कार्यालय प्रमुख यादवले हालसम्म पहाडी जिल्ला बाजुरा, दार्चुला, अछाम र बझाङमा पाठ्यपुस्तक ढुवानी गरिएको र यही चैत ३० गतेभित्र प्रदेशका नौ वटै जिल्लामा पुस्तक पुर्‍याउने योजना रहेको बताए । केन्द्रले चैत १६ गतेबाट पुस्तक बिक्रीवितरण सुरु गरेको छ ।

कार्यालय प्रमुख यादवका अनुसार केन्द्रले आगामी शैक्षिकसत्रका लागि प्रदेशभरि साढे १६ लाख थान पाठ्यपुस्तक बिक्रीवितरण गर्ने लक्ष्य लिएको छ । जनक शिक्षाले कक्षा ३ र ५ तथा कक्षा ६ देखि १२ सम्मका पाठ्यपुस्तक बिक्रीवितरण गर्ने गरेको छ ।

चालु शैक्षिकसत्रमा केन्द्रले यस प्रदेशमा कक्षा ३ देखि १२ सम्म १६ लाख २९ हजार २६३ थान पाठ्यपुस्तक बिक्री गरेको तथा रु २१ करोड ९३ लाख ७३ हजार ४९४ बराबरको कारोबार गरेको जनाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

अछामबाट टीकापुर आउदै गरेको यात्रुबहाक सानो गाडी दुर्घटना हुँदा ३ जना घाइते

बोरिङ जडानपछि २०० बिघा जमिनमा सिँचाइ, ३०० भन्दा बढी किसान लाभान्वित

अलपत्र सडकका ठेक्का तोड्दै सरकार, २५ योजनामा कारबाही प्रक्रिया सुरु

कञ्चनपुर र बर्दियाबाट १८ कृष्णसार चितवन स्थानान्तरण गरिँदै

सीमानाकामा सुरक्षा कडा : सुदूरपश्चिममा १८० सशस्त्र प्रहरी थपिने

आजको माैसम : यी स्थानमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

आज २०८२ साल चैत २४ गते मंगलबारको राशिफल

धनगढीको आयुर्वेद चिकित्सालयमा बिरामीको चाप बढ्दो, सेवा विस्तार प्रभावकारी