आज २०८२ साल चैत २२ गते आइतबारको राशिफल

काठमाडौँ : आज २०८२ साल चैत २२ गते आइतबार वैशाख कृष्ण पक्षको तृतीया तिथि। तदनुसार सन् २०२६ अप्रिल ५ तारिख। स्वामी शशिधर जन्मजयन्ती । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष :दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । रोगसँग लड्ने क्षमता बढ्नेछ । साथीसँग मिलेर गरेको लगानीबाट फाइदा हुनेछ । तर रोग भने बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।  शिक्षामा गरेको प्रयास सफल बन्ने योग छ ।

बिज्ञापन

वृष : शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । पढाइमा जोस जाँगर बढ्नेछ । आज तपाईंलाई साथी भाइले असहयोग गर्नेछन् । राम्रो बोल्छु भन्दा भन्दै नराम्रो शब्द निस्कनेछ । परिवारसँगको सम्बन्धमा भने खटपटी हुनेछ ।

मिथुन : दिन सहज छ । आम्दानीका स्रोत राम्रा छन् । बौद्धिक व्यक्ति सँगको भेटले मन खुशी हुनेछ । साथी भाइको साथमा अगाडि बढाएको कामबाट फाइदा हुनेछ ।

कर्कट : दिन सामान्य  राम्रो छ । सम्पत्ति जम्मा गर्ने समय छ । घुमफिरमा जाने सम्भावना छ । परिवारसँगको सम्बन्धमा सुधार हुनेछ । विवाद नगर्नू राम्रो हुनेछ । स्वास्थ्यमा भने समस्या हुनसक्छ ।

सिंह : आज आफूले सोचेका काम बन्ने योग परेको छ । पुरानो गुम्न लागेको धन हात पर्नेछ । मन प्रसन्न हुनेछ । गोपनीयता भने कायम गर्नुपर्ने दिन छ । व्यापारमा थप मिहिनेत गर्नुपर्ने दिन छ ।

कन्या : दिन राम्रो छ । साथीको सहयोग मिल्नेछ । सामाजिक कार्यमा मन जानेछ । शिक्षामा गरेको प्रयास सफल बन्ने योग छ । आजको दिन एकल लगानी नगर्नु राम्रो हुनेछ । संयुक्त लगानीमा गरेको कामबाट फाइदा हुनेछ ।

तुला : आम्दानी हुने दिन छ । परिवारभित्र भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन् । परिवारमा भने विवाद हुनसक्छ । रोगले पनि सताउन सक्ने भएकाले सचेत हुनु पर्नेछ । शिक्षामा थप मिहिनेत गर्नुहोला ।

वृश्चिक : दिन धेरै राम्रो छ । स्वास्थ्यमा सुधार हुनेछ । पठनपाठनमा रुची बढ्नेछ । बन्धु सँगको सहकार्यले फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । साथीले साथ दिने योग छ ।

धनु : दिन सामान्य छ । तपाईंको बोलीको प्रभावले ठूलो काम बन्नेछ । मनका कुरा साथीसँग साट्नु राम्रो हुनेछ । साथी भाइले असहयोग गर्नेछन् । आफन्तले नै अपमान गर्न सक्ने भएकोले सचेत बन्नु राम्रो हुनेछ ।

मकर : धन आर्जन गर्ने दिन छ । बौद्धिक व्यक्ति सँगको भेटले मनमा शान्ति मिल्नेछ । तर सानो कुराले मन अशान्त बन्नेछ । दैनिक काममा स्वास्थ्यले अवरोध हुनसक्छ । साथी सँगको भेटले मन खुशी हुनेछ ।

कुम्भ : दिन सहज छ । सहयोग हात धेरै छन् । मन प्रसन्न हुनेछ । शिवको भजन सुन्नु फाइदा जनक होला । स्वास्थ्यको भने ख्याल गर्नुपर्ने दिन छ । दक्षिणको लामो यात्रामा नजानू राम्रो हुनेछ । परिवार र बन्धुको साथमा काम बन्नेछ ।

मीन : दिन सामान्य छ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ । यात्रा गर्दा सचेत बन्नु पर्नेछ । शिवको भजन सुनेर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ ।  शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

आजकाे माैसम : यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

बाजुरामा शैक्षिक सत्रअघि नै पाठ्यपुस्तक वितरण

दार्चुला–तिङ्कर सडक : दुम्लिङसम्म गाडी गुडाउने सेनाको लक्ष्य

बझाङ चैतली मेला : मेलाको मुख्य आकर्षण भलिबल–क्रिकेट प्रतियोगिता

श्रमदानमार्फत झोलुङ्गे पुल बनाउदै श्रम संस्कृति

महाकाली नदीमा बगेर बेपत्ता भएका चन्द चार दिनपछि मृतावस्थामा फेला

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सुदूरपश्चिमका युवामा प्राविधिक शिक्षाप्रति चासो घट्दो

धनगढी र टीकापुरमा प्रहरी सक्रियता, जुवा र लागूऔषध प्रकरणमा ८ जना पक्राउ