बझाङ : बझाङकाे छविसपाथीभेरा–३ स्थित बान्नी चौरमा सम्पन्न चैतली मेलामा परम्परागत धार्मिक विधि पूरा भएपछि यस वर्ष खेलकुदलाई विशेष प्राथमिकता दिइएको छ। मेलाको मुख्य आकर्षण खुला पुरुष भलिबल र जिल्लास्तरीय क्रिकेट प्रतियोगिता रहेको छ।
आयोजकका अनुसार खुला भलिबलमा प्रथम हुने टोलीले २ लाख ५१ हजार ६२० रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने क्रिकेट प्रतियोगितामा प्रथम हुनेले ६५ हजार ६२० रुपैयाँ पुरस्कार पाउनेछन्।
बिज्ञापन
यसैबीच, मेलामा देउडा नाच र विभिन्न सांस्कृतिक कार्यक्रम समेत आयोजना भैरहेका छन्। आयोजक सिद्धराज थापाका अनुसार, परम्परागत विधि सकिएपछि खेलकुद र सांस्कृतिक कार्यक्रमले मेलामा थप उत्साह भरेको छ।
यो मेला स्थानीय जनजीवनमा सांस्कृतिक, धार्मिक र खेलकुदको मिश्रित महत्त्व बोकेको घटना मानिन्छ।
50