धनगढी र टीकापुरमा प्रहरी सक्रियता, जुवा र लागूऔषध प्रकरणमा ८ जना पक्राउ

कैलाली : कैलालीको धनगढी उपमहानगरपालिकाबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएकी टेक कुमारी गाहामगरको कोठामा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा शुक्रबार दिउँसो प्रहरी टोली खटिएको थियो।

बिज्ञापन

प्रहरीले सोही कोठाबाट टेक कुमारी गाहामगरसहित ६ जनालाई नगद २० हजार १४० रुपैयाँ र ३ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरी, कैलालीकै टीकापुर नगरपालिकाबाट लागूऔषधसहित दुई जना युवक पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–८ अनरुवाबाट ७८० मिलिग्राम खैरो हेरोइनसहित स्थानीय १९ वर्षीय रोहन विक र २० वर्षीय उत्तम साउदलाई शुक्रबार राति प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उनीहरूको साथबाट लागूऔषध फेला पारेको बताइएको छ।

दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

आजकाे माैसम : यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

आज २०८२ साल चैत २२ गते आइतबारको राशिफल

बाजुरामा शैक्षिक सत्रअघि नै पाठ्यपुस्तक वितरण

दार्चुला–तिङ्कर सडक : दुम्लिङसम्म गाडी गुडाउने सेनाको लक्ष्य

बझाङ चैतली मेला : मेलाको मुख्य आकर्षण भलिबल–क्रिकेट प्रतियोगिता

श्रमदानमार्फत झोलुङ्गे पुल बनाउदै श्रम संस्कृति

महाकाली नदीमा बगेर बेपत्ता भएका चन्द चार दिनपछि मृतावस्थामा फेला

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सुदूरपश्चिमका युवामा प्राविधिक शिक्षाप्रति चासो घट्दो