महाकाली नदीमा बगेर बेपत्ता भएका चन्द चार दिनपछि मृतावस्थामा फेला

बैतडी : महाकाली नदीमा बेपत्ता भएका बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण चन्द चार दिनपछि मृतावस्थामा फेला परेका छन् ।

चन्द गत मङ्गलबार बिहान ११ः३० बजेतिर महाकाली नदीमा नुहाउने क्रममा हल्दुघाटबाट बगेर बेपत्ता भएका थिए । चन्दको शव महाकाली नदीकिनारमा भारतीय क्षेत्रमा आज फेलापरेको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका गुल्मपति जङ्गबहादुर कुँवरले बताए ।

बिज्ञापन

भारतको चम्पावत जिल्लाको डुङ्गालेट्टी ग्राम पञ्चायतको सुगरखाल गाउँ नजिकै महाकाली नदीकिनारमा चन्दको शव फेलापरेको हो । यो क्षेत्र पञ्चेश्वर गाउँपालिका–२ ढोयाघाटको पारीपट्टि रहेको बताइएको छ ।

महाकालीमा बगेर बेपत्ता भएका चन्दको खोजीका लागि भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग समेत सहकार्य गरिएको थियो । एसएसबीको टोलीले नै उनकाे शव फेलापारेको जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

आजकाे माैसम : यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

आज २०८२ साल चैत २२ गते आइतबारको राशिफल

बाजुरामा शैक्षिक सत्रअघि नै पाठ्यपुस्तक वितरण

दार्चुला–तिङ्कर सडक : दुम्लिङसम्म गाडी गुडाउने सेनाको लक्ष्य

बझाङ चैतली मेला : मेलाको मुख्य आकर्षण भलिबल–क्रिकेट प्रतियोगिता

श्रमदानमार्फत झोलुङ्गे पुल बनाउदै श्रम संस्कृति

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सुदूरपश्चिमका युवामा प्राविधिक शिक्षाप्रति चासो घट्दो

धनगढी र टीकापुरमा प्रहरी सक्रियता, जुवा र लागूऔषध प्रकरणमा ८ जना पक्राउ