काँग्रेस प्रदेश महामन्त्री शाह सक्रिय राजनीतिबाट तटस्थ बस्ने घोषणा

कैलाली : नेपाली काँग्रेस का नेता तथा सुदूरपश्चिम प्रदेश महामन्त्री नरनारायण शाह ले सक्रिय राजनीतिबाट तटस्थ बस्ने घोषणा गरेका छन्।

शाहले पार्टीभित्रको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै अब उपरान्त सक्रिय रूपमा राजनीति नगर्ने र तटस्थ रहने निर्णय सार्वजनिक गरेका हुन्।

बिज्ञापन

भावुक अभिव्यक्तिमार्फत उनले आफ्नो परिवार झन्डै ८ दशकदेखि नेपाली काँग्रेससँग जोडिएको स्मरण गरेका छन्। उनका हजुरबुबा स्वर्गीय लोकेन्द्र बहादुर शाह र बुबा स्वर्गीय मोहन बहादुर शाह दुवै जिल्ला पार्टी सभापति भइसकेका थिए। स्वयं शाहले पनि दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी सम्हालेका थिए भने हाल सुदूरपश्चिम प्रदेश कार्यसमितिको महामन्त्री रहेका छन्।

तर पछिल्लो समय पार्टी नेतृत्वको भूमिकाप्रति असन्तुष्टि जनाउँदै उनले जटिल र संवेदनशील अवस्थामा पार्टी एकजुट हुन नसकेकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

“यस्तो परिस्थितिमा पार्टीका कुनै पनि औपचारिक वा अनौपचारिक कार्यक्रममा सहभागी नहुने निर्णय लिन बाध्य भएँ,” उनले भनेका छन्।

शाहले आगामी दिनमा दलगत राजनीतिबाट टाढा रहने संकेत गर्दै पार्टी विभाजनतर्फ गए त्यसले लोकतन्त्र, राष्ट्रियता र समाजवादप्रति आस्थावान कार्यकर्ताको भावनामाथि गम्भीर असर पार्ने चेतावनी दिएका छन्।

उनले पार्टीको स्थापित विरासत जोगाउन सबै पक्षलाई आग्रह गर्दै आफ्नो लामो राजनीतिक यात्रामा साथ दिने सबैप्रति आभार व्यक्त गरेका छन्। साथै आफ्नो निर्णयलाई निर्वाचन परिणामसँग नजोड्न पनि अनुरोध गरेका छन्।

अन्त्यमा उनले आफू विशुद्ध नेपाली काँग्रेस समर्थकका रूपमा रहिरहने स्पष्ट पार्दै सबैको जीवन सुखमय रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

अनलाइन गेममार्फत ठगी : गोदावरीका युवक पक्राउ

टीकापुरका सामुदायिक वनको आम्दानी बेत बाँसमा निर्भर

कैलाली–कञ्चनपुरमा लागूऔषधसहित ५ जना पक्राउ

समुदाय सचेत भएमा विपद् प्रतिकार्यमा सहयोग पुग्छ

गोदावरीमा अझै एक तिहाइ वडा कार्यालय भाडामै सञ्चालन

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ : अध्यक्ष ढकाल

रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने

यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल वैशाख ७ गते सोमबारको राशिफल