क्यान्सर पीडित १७ वर्षीय हेमन्त बडैला उपचारमा संकट, आर्थिक सहयोगको अपिल

कैलाली : कैलालीको गोदावरी नगरपालिका–१२ गाउँ चौकीका १७ वर्षीय हेमन्त बडैला क्यान्सर रोगसँग संघर्षरत रहेका छन्। २०८१ साल माघ १० गतेदेखि उपचार सुरु गरेका उनी हालसम्म निरन्तर उपचार गराइरहेका छन्।

लामो समयदेखि उपचार चलिरहँदा परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर बनेको छ। नियमित औषधि, अस्पताल खर्च तथा अन्य उपचारका लागि आवश्यक रकम जुटाउन नसक्दा उपचार प्रभावित हुने अवस्था सिर्जना भएको परिवारले जनाएको छ।

बिज्ञापन

चिकित्सकका अनुसार हेमन्तको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै निरन्तर उपचार आवश्यक रहे पनि आर्थिक अभावले समस्या बढ्दै गएको छ। यसैबीच, परिवारले सबैसँग मानवीय सहयोगका लागि अपिल गरेको छ। सानो सहयोगले पनि जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास परिवारको छ। स्थानीयवासी तथा विभिन्न संघसंस्थाहरूले समेत सहयोगको पहल गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

सहयोग गर्न इच्छुक व्यक्तिहरूले पीडितका दाजुको सम्पर्क नम्बर ९७४३५९०७५० मा सम्पर्क गर्न सक्नेछन्। परिवारले सबै सहयोगी मनहरूलाई धन्यवाद दिँदै साथ र सहयोगको अपेक्षा गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

बाजुरामा शैक्षिक सत्रअघि नै पाठ्यपुस्तक वितरण

दार्चुला–तिङ्कर सडक : दुम्लिङसम्म गाडी गुडाउने सेनाको लक्ष्य

बझाङ चैतली मेला : मेलाको मुख्य आकर्षण भलिबल–क्रिकेट प्रतियोगिता

श्रमदानमार्फत झोलुङ्गे पुल बनाउदै श्रम संस्कृति

महाकाली नदीमा बगेर बेपत्ता भएका चन्द चार दिनपछि मृतावस्थामा फेला

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सुदूरपश्चिमका युवामा प्राविधिक शिक्षाप्रति चासो घट्दो

धनगढी र टीकापुरमा प्रहरी सक्रियता, जुवा र लागूऔषध प्रकरणमा ८ जना पक्राउ

प्रहरी गुण्डागर्दीविरुद्ध अपरेशन : किमजोङ बोससहित १७ जना पक्राउ