कुप्रथा हटाउन सामूहिक सक्रिय बन्दै बाजुराका किशाेरीहरू

बाजुरा : बाजुराका विभिन्न गाउँ समाजमा रहँदै आएको सामाजिक कुप्रथा हटाउन यहाँका किशोरकिशोरीहरु सक्रिय बन्दै गएका छन् । गाउँ बस्तीमा अझै जातीय विभेद छुवाछुत छाउप्रथा बालविवाह महिला हिंसा लगायतका सामाजिक कुप्रा लामो समयदेखि कायमै रहँदै आएकोले यसको अन्त्य गर्नका लागि अहिले यहाँका किशोर किशोरीहरु निकै सक्रिय बन्दै गएका हुन् ।

खप्तड छेडेदह गाउँपालिका –५ डोगडीकी किशोरी पवित्रा बुढाले सम्वृद्ध समाज परिकल्पनाका लागि कुप्रथा प्रमुख कारक तत्व भएकोले यसलाई जरै देखि उल्खेल्ने गरी यती बेला यहाँका किशोर किशोरीहरुको सामुहिक छलफल भइरहेको बताइन्।  ।

बिज्ञापन

उनले भनिन् ‘पुराना पुस्ताले मान्दै आएका यस्ता कुरीतिका कारण अहिलेको नयाँ पुस्तालाई हानिकार हुँदै आएकोले हामीले यसलार्ई अन्त्य गर्नका लागि अहिले गाउँ बस्तीमा रहेका सबै किशोर किशोरीहरुको सहमती समन्वयमा विभिन्न कार्यक्रम सञ्चालन गर्नु परेको हो ।’

यहाँका किशोर किशोरीहरु सामुहिक छलफलमा जुटेसँगै अहिले गाउँमा हुने गरेका त्यस्ता जातीय विभेद छुवाछुत छाउप्रथा महिला हिंसाका लगायतका घटनाहरुमा समेत निकै कम हुँदै गएको बुढाले बताइन्।

बाजुरामा अहिले पनि पहिला पुस्ताका अधिकाशं महिलाहरु छाउगोठमा सुत्ने गरेका छन् । तर नयाँ पुस्ताका महिलाहरु भने यती बेला आफ्नै घरकै एक कोठामा सुत्न थालेका छन् । यहाँका किशोर किशोरीहरुले छाउप्रथा केही होईन भन्ने सन्देश घरघरमा फैलाउँदै गएपछि अहिलेका नयाँ पुस्ताका महिलाहरु महिनावारी हुँदा बल्ल आफ्नै घरकै कोठामा सुत्न थालेका हुन् ।

गाउँमा घरमा रहेका यस्ता कुप्रथा रोक्नका लागि यहाँका स्थानीय सरकारले पनि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् । तर पनि यहाँका पढेलखेका महिलाहरुले देवता रिसाउने डर मान्ने गरेकै कारण गाउँमा छाउप्रथा कामयै रहँदै आएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा खप्तड छेडेदह गाउँपालिकाका एक सय भन्दाबढी किशोर किशोरीहरुले बालविवाह गरेका थिए । भने यो आर्थिक वर्षमा त्यो सङ्ख्यामा शुन्य झरेको महिला विकास मञ्च बाजुराका सहजकर्ता  देवबहादुर सेरालाले बताए। उनले भने, “अहिले यहाँका सबै किशोर किशोरीहरु कुप्रथा हटाउन निकै सक्रिय बन्दै गएका छन्। उनीहरुले सानै उमेरमा कुनै पनि बाबालिकाहरुलाई विवाह गर्न दिएका छैनन्। बरु पढाई छोडेर घरमा बसेकाहरुलाई समेत विद्यालयमा पढ्न उत्प्रेरणा गर्दै आएका छन् ।”

महिला विकास मञ्च बाजुराको समन्वयमा यहाँका किशोर किशोरीहरु सक्रिय बन्दै गएपछि पहिले देखि कायमै हुँदै आएको समाजिक कुप्रथा अहिले न्यूनिकरण हुँदै गएको सेरालाले बताए।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

अछामबाट टीकापुर आउदै गरेको यात्रुबहाक सानो गाडी दुर्घटना हुँदा ३ जना घाइते

बोरिङ जडानपछि २०० बिघा जमिनमा सिँचाइ, ३०० भन्दा बढी किसान लाभान्वित

अलपत्र सडकका ठेक्का तोड्दै सरकार, २५ योजनामा कारबाही प्रक्रिया सुरु

कञ्चनपुर र बर्दियाबाट १८ कृष्णसार चितवन स्थानान्तरण गरिँदै

सीमानाकामा सुरक्षा कडा : सुदूरपश्चिममा १८० सशस्त्र प्रहरी थपिने

आजको माैसम : यी स्थानमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

आज २०८२ साल चैत २४ गते मंगलबारको राशिफल

धनगढीको आयुर्वेद चिकित्सालयमा बिरामीको चाप बढ्दो, सेवा विस्तार प्रभावकारी