स्थानीय सेवा नियमावली अभावले लोकसेवा प्रभावित भएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण 

कैलाली : सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८२ राजपत्रमा प्रकाशित भएको ८ महिनाभन्दा बढी समय बितिसक्दा पनि नियमावली नबन्दा स्थानीय तहमा दरबन्दी सिर्जना, रिक्त पदको यकिन अवस्था र लोकसेवा विज्ञापन खुल्न सकेको छैन।

यही विषयमा आज युवा सन्तोष रावलसहितको टोलीले सरोकारवालासँग छलफल गरेको छ। उनिहरुले प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिमका सदस्य, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा बहादुर सार्की  सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम बहादुर भण्डारी, मुख्यमन्त्री कमलबहादुर शाह तथा कानुन सचिवसंग छलफल गरि ज्ञापन पत्र बुझाएका छन्।

बिज्ञापन

युवाहरुको टोलीले नियमावली शीघ्र निर्माण गर्न, स्थानीय तहमा दरबन्दी सिर्जना गर्न र लोकसेवा आयोगमार्फत विज्ञापन तत्काल खोल्ने वातावरण बनाउन प्रदेश सरकारसंग जोडदार माग राखेको छ। नियमावली ढिलाइका कारण लोकसेवा तयारीमा रहेका हजारौँ युवाको भविष्य अन्योलमा परेको भन्दै समयमै निर्णय लिन आग्रह गरिएको छ।

छलफलमा सहभागी सरोकारवालाहरूले विषय गम्भीर रहेको स्वीकार गर्दै प्रक्रिया छिटो अघि बढाउने प्रतिबद्धता जनाएको सन्तोष रावलले जानकारी दिएका छन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

अछामबाट टीकापुर आउदै गरेको यात्रुबहाक सानो गाडी दुर्घटना हुँदा ३ जना घाइते

बोरिङ जडानपछि २०० बिघा जमिनमा सिँचाइ, ३०० भन्दा बढी किसान लाभान्वित

अलपत्र सडकका ठेक्का तोड्दै सरकार, २५ योजनामा कारबाही प्रक्रिया सुरु

कञ्चनपुर र बर्दियाबाट १८ कृष्णसार चितवन स्थानान्तरण गरिँदै

सीमानाकामा सुरक्षा कडा : सुदूरपश्चिममा १८० सशस्त्र प्रहरी थपिने

आजको माैसम : यी स्थानमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

आज २०८२ साल चैत २४ गते मंगलबारको राशिफल

धनगढीको आयुर्वेद चिकित्सालयमा बिरामीको चाप बढ्दो, सेवा विस्तार प्रभावकारी