प्रदेश सरकार एकदम निरीह र गैरजिम्मेवार : नेता भट्ट

कैलाली : नेपाली कम्युनिस्ट पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्टले सुदूरपश्चिम प्रदेश सरकार कुम्भकर्ण निद्रामा रहेको बतएका छन ।

नेकपा सुदूरपश्चिम संसदीय दलले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै उनले यस्तो बताएका हुन ।

बिज्ञापन

नेता भट्टले भने, ‘सुदूरपश्चिम प्रदेश सरकार मृत हाे वा जीवित हाे थाहा छैन।’ उनले प्रदेश सरकार एकदम निरीह र गैरजिम्मेवार देखिएकाे बताए।

‘संसद बैठक, समितिका बैठकलगायत सबै अस्तब्यस्त छन्’ उनले भने ‘हिउँदे अधिवेशन सुरु गर्ने कुनै सुरसार छैन, प्रदेश सरकार सुतेकाे अवस्थामा छ।’

मुख्यमन्त्रीमाथि नै भ्रष्टाचार आराेप लाग्दा पनि मुख्यमन्त्री निरीह भएर कुर्सीमा बसिरहेकाे उनकाे आराेप छ।

उनले बजेट कार्यान्वयनकाे अवस्था एकदमै निरासाजनक रहेकाे समेत बताए । उनले पटक पटक सचेत गराउदा, ध्यानाकर्षण गराउँदा पनि प्रदेश सरकार नसुन्ने अवस्थामा रहेकाे बताए।

सुदूरपश्चिम प्रदेशमा कांग्रेस र एमालेकाे संयुक्त सरकार छ। जसमा कांग्रेस नेता कमल शाह मुख्यमन्त्री छन् भने माओवादी केन्द्र, समाजवादी र नागरिक उन्मुक्ति मिलेर बनेकाे नेकपा प्रमुख प्रतिपक्ष दल रहेकाे छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

अछामबाट टीकापुर आउदै गरेको यात्रुबहाक सानो गाडी दुर्घटना हुँदा ३ जना घाइते

बोरिङ जडानपछि २०० बिघा जमिनमा सिँचाइ, ३०० भन्दा बढी किसान लाभान्वित

अलपत्र सडकका ठेक्का तोड्दै सरकार, २५ योजनामा कारबाही प्रक्रिया सुरु

कञ्चनपुर र बर्दियाबाट १८ कृष्णसार चितवन स्थानान्तरण गरिँदै

सीमानाकामा सुरक्षा कडा : सुदूरपश्चिममा १८० सशस्त्र प्रहरी थपिने

आजको माैसम : यी स्थानमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

आज २०८२ साल चैत २४ गते मंगलबारको राशिफल

धनगढीको आयुर्वेद चिकित्सालयमा बिरामीको चाप बढ्दो, सेवा विस्तार प्रभावकारी