सन् २०२८ मा टी–२० विश्वकप : १२ टोलीको टुंगो लाग्यो

काठमाण्डौ : सन् २०२८ मा अष्ट्रेलिया र न्यूजिल्याण्डमा हुने आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने १२ टोलीको टुंगो लागेको छ ।

भारत र श्रीलंकामा चलिरहेको टी–२० विश्वकपको सुपर–८ को टुंगो लागेसँगै २ वर्षपछि हुने अर्को विश्वकप खेल्ने १२ टोलीको निश्चित भएको हो । अष्ट्रेलिया र न्यूजिल्याण्डले आयोजक राष्ट्रको रुपमा खेल्नेछन् ।

बिज्ञापन

यस्तै विश्वकपमा सुपर–८ मा प्रवेश गरेका भारत, पाकिस्तान, श्रीलंका, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, जिम्बावे र वेष्ट इन्डिजले पनि आउँदो विश्वकपमा स्थान पक्का गरेका छन् । सुपर–८ मा पुगेको न्यूजिल्लाण्डले भने आयोजककै रुपमा विश्वकप खेल्नेछन् ।

त्यसबाहेक सुपर–८ बाहिर रहेकामध्ये अहिले टी–२० आई वरीयतामा माथि रहेका ३ राष्ट्रले पनि आउँदो विश्वकप खेल्न पाउनेछन् । भारतसँगको विवादका कारण बंगलादेश यसपटकको विश्वकपमा सहभागी भएको थिएन । ८ टोली भने क्षेत्रीय छनोटमार्फत विश्वकपमा आउनेछन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

अछामबाट टीकापुर आउदै गरेको यात्रुबहाक सानो गाडी दुर्घटना हुँदा ३ जना घाइते

बोरिङ जडानपछि २०० बिघा जमिनमा सिँचाइ, ३०० भन्दा बढी किसान लाभान्वित

अलपत्र सडकका ठेक्का तोड्दै सरकार, २५ योजनामा कारबाही प्रक्रिया सुरु

कञ्चनपुर र बर्दियाबाट १८ कृष्णसार चितवन स्थानान्तरण गरिँदै

सीमानाकामा सुरक्षा कडा : सुदूरपश्चिममा १८० सशस्त्र प्रहरी थपिने

आजको माैसम : यी स्थानमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

आज २०८२ साल चैत २४ गते मंगलबारको राशिफल

धनगढीको आयुर्वेद चिकित्सालयमा बिरामीको चाप बढ्दो, सेवा विस्तार प्रभावकारी