विश्वकपको सुपर आठ समीकरण पूरा

काठमाडौं : भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा ‘सुपर ८’ चरणको समीकरण पूरा भएको छ । बुधबार सम्पन्न खेलमा नामिबियामाथि जित निकाल्दै पाकिस्तानले सुपर ८ को टिकट सुरक्षित गरेपछि दोस्रो चरणको समीकरण पूर्ण भएको हो ।

समूह ‘ए’ बाट आयोजक भारत र पाकिस्तान सुपर ८ मा प्रवेश गरेका छन् भने अमेरिका, नेदरल्याण्ड्स र नामिबिया समूह चरणमै प्रतियोगिताबाट बाहिरिएका छन् ।

बिज्ञापन

यस्तै समूह ‘बी’ मा श्रीलंका र जिम्बाब्बे शीर्ष दुई स्थानमा रहँदै अघिल्लो चरणमा पुगेका छन् । यस समूहका अस्ट्रेलिया, आयरल्याण्ड र ओमान भने सुपर ८ पुग्न असफल भएका छन् ।

समूह ‘सी’ बाट इंग्ल्याण्ड र वेस्टइन्डिजले दोस्रो चरणको यात्रा तय गर्दा इटाली, स्कटल्याण्ड र नेपाल समूह चरणमै बाहिरिएका छन् ।

त्यसैगरी समूह ‘डी’ मा दक्षिण अफ्रीका र न्यूजिल्याण्डले सुपर ८ मा स्थान बनाएका छन् भने अफगानिस्तान, यूएई र क्यानडा प्रतियोगिताबाट बाहिरिएका छन् ।

यो विश्वकपमाकुनै पनि एसोसियट राष्ट्रले दोस्रो चरणमा स्थान बनाउन सकेनन् ।

सुपर ८ को समूह १ मा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बाब्वे रहेका छन् । यता समूह २ मा पाकिस्तान, इङ्ल्यान्ड, न्युजिल्यान्ड र श्रीलंका परेका छन् । सुपर ८ मा कुल १२ वटा खेल हुने छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

अछामबाट टीकापुर आउदै गरेको यात्रुबहाक सानो गाडी दुर्घटना हुँदा ३ जना घाइते

बोरिङ जडानपछि २०० बिघा जमिनमा सिँचाइ, ३०० भन्दा बढी किसान लाभान्वित

अलपत्र सडकका ठेक्का तोड्दै सरकार, २५ योजनामा कारबाही प्रक्रिया सुरु

कञ्चनपुर र बर्दियाबाट १८ कृष्णसार चितवन स्थानान्तरण गरिँदै

सीमानाकामा सुरक्षा कडा : सुदूरपश्चिममा १८० सशस्त्र प्रहरी थपिने

आजको माैसम : यी स्थानमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

आज २०८२ साल चैत २४ गते मंगलबारको राशिफल

धनगढीको आयुर्वेद चिकित्सालयमा बिरामीको चाप बढ्दो, सेवा विस्तार प्रभावकारी