महिला एसिया कप : नेपाललाई ७ विकेटले हराउँदै भारत सेमिफाइनलमा

काठमाडौं : राइजिङ स्टार्स महिला एसिया कप क्रिकेट प्रतियोगितामा भारत सेमिफाइनलमा प्रवेश गरेको छ।

मंगलबार बिहान सम्पन्न खेलमा नेपाललाई ७ विकेटले हराउँदै भारत सेमिफाइनल प्रवेश गरेको हो। सुरुमा ब्याटिङ गरेको नेपालले भारतलाई ७९ रनको चुनौती दिएको थियो। थाइल्यान्डको बैंकस्थित मनकोक मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले १८ ओभर खेल्दा सबै विकेट गुमाएर ७८ रन बनाएको थियो। ७९ रनको लक्ष्य भारतले सात ओभर ४ बलमा तीन विकेट गुमाएर ८२ रन बनाउँदै भेट्टाएको हो। भारतका लागि दिनेश वृन्दले नटआउट ३९ रन बनाइन्। नेपालका लागि मनिषा उपाध्याय, अनु कठायत र सीता रानामगरले एकएक विकेट हात पारे ।

बिज्ञापन

सुरुमा ब्याटिङ गरेको नेपालका लागि सम्झना खड्काले सर्वाधिक २२ रन बनाउँदा रुबि पोदार र सम्झना खड्काले समान १२–१२ रन जोडेका थिए।

नेपाललाई सस्तैमा समेट्न भारतका तनुजा कुँवरले चार विकेट लिइन् भने मिन्नु मणिले तीन विकेट हात पारिन्।

पहिलो खेलमा यूएईसँग १८ रनले पराजित भएको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ३० रनले पराजित भएको थियो। भारतसँगको सात विकेटको हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरएको छ।

राइजिङ स्टार्स एसियन कपको समूह ‘ए’ मा नेपालसहित पाकिस्तान र भारतको ‘ए’ टिम तथा यूएई रहेका छन्। समूह ‘बी’ मा बङ्गलादेश ‘ए’, श्रीलंका ‘ए’, मलेसिया र आयोजक थाइल्यान्ड छन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

मन्त्री सीता वादीले सार्वजनिक गरिन् नगर्ने कामका १० बुँदा: ‘नातावाद र भ्रष्टाचारलाई प्रश्रय दिन्नँ’

वन उपभोक्ता समुहहरु विभिन्न २४ बुँदे माग राख्दै धर्नामा

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

धनगढीबाट ६ जना जुवाडे पक्राउ

अत्तरियामा सशस्त्रकै कार्यक्रममा प्रतिबन्धित प्लास्टिकका फूल प्रयोग, अख्तियारमा उजुरी

शुक्लाफाँटामा डिप ट्युबवेल जडानपछि किसान उत्साहित

निजामती विधेयकको मस्यौदामा तीन हजार पाँच सय सुझाव

लम्कीचुहाको रिटमा सर्वोच्चको अन्तरिम आदेश दिन अस्वीकार

डडेल्धुराको कैलाश वनका अध्यक्ष मडै भ्रष्टाचार मुद्दामा दोषी ठहर